ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गाउँमै भविष्य देख्ने आँट

७ जेष्ठ २०८२, बुधबार
७ जेष्ठ २०८२, बुधबार

चन्द्रौटा, ०७ जेठ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–२, लोहरौलाका मिर्जा प्रसाद चौधरीमा स्वादेशमै केहि गरौँ भन्ने हुटहुटी छ । यतिबेला अधिकांश युवाहरूको रोजाई भनेको वैदेशिक रोजगारी बनेको छ । तर, उनी भने स्वदेशमै भविष्य खोज्ने आँट गरेका छन् । सानो लगानीमा ‘गाउँमै केही गर्न सकिन्छ’ भन्ने दृढ इच्छाशक्तिले उनीलाई उद्यमशीलताको बाटोतर्फ अघि बढाएको छ । करिब आठ लाख रूपैयाँ लगानी गरेर ३४ वर्षीय चौधरीले योङ्गस फेसन गारमेन्ट प्रा.लि सञ्चालन गरेका छन् । उनी उद्योग सञ्चालन गरेर उदाहरण समेत बनेका छन् । जसमा स्थानीय गाउँका ४ जना महिलाहरूलाई रोजगारी समेत प्रदान गरेको उनले बताए । स्थानीय महिलाहरूका लागि पनि चौधरी आशाको किरण बनेका छन् । उनीहरू बिहान घरको काम सकेर गार्मेन्टमा आउँछन् र उत्पादक बन्ने यात्रामा लाग्छन् । “हाम्रो कामले चुलो चौको चलिरहेको छ ।” उनी गर्वका साथ भन्छन् । स्थानीय बजारमा बिक्री भइरहेको उत्पादित वस्तुभन्दा न्यून मुल्यमा कपडा तयार पार्ने गरी आफूले कपडा उत्पादनमा लागेको चौधरीले बताउँछन् ।

थारु सामुदायको सामान्य घरपरिवारमा हुर्केका उनी स्थानीय स्तरमा विगतदेखि नै सक्रिय छन् । विगत एक दशकदेखि रेडिमेट (फेन्सी) कपडाका व्यवसाय गर्दै आइ रहेका चौधरीले मनग्ये आम्दानी गर्दै आएको उनले बताए । त्यही व्यवसाय गरेका अनुभवको आधारमा हजेरीका कच्चा कपडा ल्याएर स्थानीयहरूलाई रोजगारी दिई आफू पनि आत्मनिर्भर भएको उनको भनाइ छ । सञ्चालक चौधरीले भने– “बजार मुल्यभन्दा कम लागतमा उत्पादन गरि सस्तो मुल्यमा वस्तु उपभोक्ता माझ लैजाने तयारी गरेका छौँ ।” अरूले उत्पादन गरेका वस्तु लगाउने गरेकोमा आफै स्थानीय स्तरमा उत्पादन गरेका कपडाहरू लगाउन आग्रह उनले गरे । स्थानीय उत्पादनलाई प्रोत्साहन दिनुपर्ने जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको चौधरीले बताए ।

व्यवसायसँगै रोजगारीमा नलागे जिन्दगीमा केही गर्न नसक्ने बताउँदै युवालाई विदेश होइन गाउँघरमै रोजगारीका अवसर जरुरी रहेको उनको भनाइ छ । उनी भन्छन्, “रोजगारी सिर्जना गर्नु मात्र होइन, आत्मनिर्भरता र सीप विकासमा लाग्नु अहिलेको आवश्यकता हो ।” चौधरीको घरपरिवारलाई रोजगारी प्रदान भएको छ भने, स्थानीयको घरको काम सकाएर चुलो चौकोको समेत व्यवस्था भएको छ । उनको घरमा १५ जनाको परिवार छ । उनी शिक्षक समेत हुन् । विद्यालय समय बाहेक अरू उद्योग र आफ्नै गाउँमा रहेको पसलसँगै समाजमा समय दिने गरेको उनको जिकिर छ । चौधरीको गार्मेन्टमा काम गर्दै आएकी सुना थारु भन्छिन्ः “हामी गाउँघरमै रोजगारी पाएका छौँ । घरको काम सकाएर पनि यता काम गर्दै आएका छौँ । आफ्नो खर्चसँगै घर परिवार चलाउन सहज भएको छ । आफू सिकेको सीप समेत सदुपयोग गर्न पाएका छौँ, अत्यन्तै खुसी छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?