© २०२३
नेपालगञ्ज, ७ जेठ ।
बाँकेमा एक सय १४ केजी गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज –६ बस्ने २२ बर्षीय दिपेश चौरसिया, नेपालगञ्ज –१४ बालेगाउँ बस्ने १८ बर्षीय विनय सोनी र नेपालगञ्ज –२२ नहरपुर्वा बस्ने १८ बर्षीय आदर्श सहनीलाई बाँकेको डुडुवा गाउँपालिका –४ लालपुर्वाबाट उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।
गाँजा किन बेच भइरहेको गोप्य सूचनाको आधारमा सोमबार प्रहरीले चेकजाँच गर्दा दिपेश चौरसियाको साथबाट ३ केजी, डुडुवा गाउँपालिका ४ लालपुर्वा स्थित भागीराम खटिकको बान्छे नबस्ने घरबाट १०० केजी र राधे खटिकको मान्छे नबस्ने घरबाट ११ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
गाँजा सहित पक्राउ परेका तीनैजनालाई अवश्यक अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नयव उपरीक्षक दिपक पातलीले जानकारी दिए ।