ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

कम तौलको शिशुः आमाको खुसी खोस्दै…

७ जेष्ठ २०८२, बुधबार
७ जेष्ठ २०८२, बुधबार

बुटवल, ०७ जेठ ।
रूपन्देहीको मर्चवारकी २५ वर्षीया सुनिता यादव आफू गर्भवती भएपछि नियमित रूपमा स्वास्थ्य परिक्षणका लागि नजिकको स्वास्थ्य संस्थामा जाने गर्दथिईन । स्वास्थ्यकर्मीको परामर्श अनुसार उनले पोषणयुक्त खाना खाइन र आराम गरिन । समय अवधि  पुगेपछि यादव स्वास्थ्य संस्थामै छोराको आमा बनिन । जब छोराको आमा बनिन उनलाई परिवार आफन्तले खुशी साटासाट गरे । पहिलो पटक सजिलोसँग आमा बन्दा उनको मनमा खुशी नै थियो । तर यो खुशी लामो समयसम्म रहन सकेन ।
उनले जन्माएको बच्चाको तौल दुई किलोग्रामको थियो । कम तौलको बच्चा जन्मिएकोमा उनको मनमा गहिरो चोट लागेको छ । कम तौलको बच्चा जन्माएको बनेर खुशी दिनेहरूले नै पीडा दिन लागेको उनी बताउँछिन् । यसरी कम तौलको बच्चा जन्माउने उनी मात्रै होईनन् पछिल्लो समय कम तौलका बच्चा जन्माउने आमाहरूको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँदछन् ।

देवदहको मेडिकल कलेजमा स्थानीय ३५ वर्षीया मन्जु पराजुली दोस्रो पटक आमा बनिन । छोरीको आमा बनेकोमा उनको परिवार आफन्तमा समेत खुशीको कुनै सिमा थिएन । तर पराजुलीको मनमा भने खुशीको उज्यालो आउन सकेको थिएन । स्वास्थ्यकर्मीको परामर्शपछि भने उनमा खुशी फर्किएको छ । माथागढी गाउँपालिकाको गोठादीकी कमला गाहाले १६ वर्षको उमेरमा सैनामैना नगरको बासगढीमा आफ्नै उमेर समूहको युवकसँग बैवाहिक सम्बन्ध जोडिन । विवाह बन्धनमा बाँधिएको वर्षदिन बित्न नपाउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा छोरीको आमा बनिन । नियमित रूपमा स्वास्थ्य जाँच गर्नुपर्ने थियो । गर्भवती भएपछि पनि उनमा घरायसी कामको बोझले छोडेन । कामको बोझले गर्दा उनले स्वास्थ्थ संस्थामा नियमित परिक्षण गर्न समय नपुगेको उनी बताउँछिन् । कामको बोझले च्यापिदा गर्भ रहेको शिशु ३६ हप्तामा जन्मियो । गर्भावस्थामा गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा ध्यान नदिदा उनको बच्चा कम समयमा, कम तौलको बच्चा जन्मिएपछि स्वास्थ्यकर्मीको परामर्शपछि उनको मनमा नराम्रोसँग चिसो पसेको छ ।

कामको बोझ हुने काम काजी महिलाको गर्भावस्थामा ध्यान दिनुपर्ने कुरामा आफ्नो टोलमा गाहाले सचेतना जगाएको बताउँछिन् । कम समयमा र कम तौलको बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर पुग्ने कुरा आफूले जानेपछि अरू महिलालाई सिकाउँदै आएको उनी बताउँछिन् । जिल्लाको दक्षिणी क्षेत्रमा सानो उमेरमा विवाह गर्ने र कम उमेरमा आमा बन्ने किशोरी आमाहरूको संख्या न्यूनीकरण हुन नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कम उमेरमा गर्भवती भएका महिलाबाट कम तौलको र कम समयमा बच्चा जन्माउने गरेको बताइन्छ । तीन वटै तहका सरकारले बाल विवाह न्यूनीकरणका लागि सचेतनाको कार्यक्रम लागू गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा किशोरी आमाले बच्चा जन्माउदा यस्ता समस्या देखापर्ने गरेको स्वास्थ्य कार्यालय रूपन्देहीको आमा सुरक्षा कार्यक्रम प्रमुख दिपा खड्का बताउँछिन् ।

दिपा खड्का
प्रमुख, आमा सुरक्षा कार्यक्रम
स्वास्थ्य कार्यालय, रूपन्देही

ग्रामिण क्षेत्रका गर्भवती महिलाहरूले गर्भवास्थामा पोषणयुक्त खानेकुरा खाने, आराम गर्ने भन्ने नै छैन । जस्ले गर्दा महिलाहरू शारिरीक कामको बोझले च्यापिन्छन् । शहरी क्षेत्रमा रोजगारीका कारणले मानसिक बोझले च्यापिन्छन् । यसले गर्भवती महिलामा असर गर्ने गरेको छ । कम समयमा कम तौलको बच्चा जन्मिनुको कारणहरूमध्ये यो पनि एक भएको स्वास्थ्यकर्मीको भनाइ छ । शहरीया महिलाहरूमा पछिल्लो समय धुम्रपान र मध्यपानको नशाले छोएको छ । त्यसले पनि गर्भावस्थाको शिशुलाई असर गर्छ । गर्भावस्थामा नै कुपोषित भएका बच्चाको स्वास्थ्थ अवस्थामा सुधार गर्न कठिन हुने गरेको स्वास्थ्यकर्मीको तर्क छ । पछिल्लो समयमा पहिलो र दोस्रो सन्तानको जन्मान्तर नजिक र टाढा हुँदा यस्ता समस्याहरू आउने गर्दछन् । तर यो गंभीर विषयमा केन्द्रित रहेर अध्ययन र अनुसन्धान भएको पाइदैन । स्वास्थ्य संवेदशीलता प्रति स्थानिय सरकार जिम्मेवार हुन नसक्दा पनि समस्या जस्ताको तस्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार जिल्लाका स्वास्थ्य संस्थाहरूमा २०७६/७७ मा १५.९५,०७७र०७८ को अवधीमा १४.७८, यसैगरी ०७८र०७९ को अवधिमा १४.४ स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरू बाट जन्मिएका बच्चाहरू मध्ये गत आर्थिक वर्षमा १५.३९, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कम तौल भएका १४.३८ प्रतिशत बच्चाको जन्मिएको तथ्ग्यांक छ । सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवल आम्दाका बाल रोग विशेषज्ञ डा. विनोद पराजुलीले सामान्य तया बच्चा समय अवधी पुगेर जन्मिदा २.५ किलो ग्राम जन्मन्छ । तर समय अवधी पुरा भएर पनि १.५ किलोग्राम भन्दा कम तौल भएका बच्चाहरूलाई कम तौलका बच्चा भन्ने गरिन्छ । कुनै बच्चा आमाको पेट भित्र नै समय अवधी पुरा भएर पनि विभिन्न रोग, र पौष्टक आहारको कमीले १.५ ग्राम भन्दा पनि कम तौलका जन्मिन्छन् । कुनै बच्चाहरू समय अवधी भन्दा छिटो (अर्थात ३८ हप्ता भन्दा छिटो) जन्मिदा पनि कम तौलका जन्मिने गर्दछन् ।

डा. विनोद पराजुली
बाल रोग विशेषज्ञ
सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल

उनीहरूलाई अरू सामान्य बच्चा भन्दा पनि छिटो र धेरै पटक चेक जाँच गर्ने अभिभावकलाई बच्चालाइ गर्नु पर्ने ख्याल र खानपानका विषयमा जानकारी गराउने , यसो गर्दा पनि बच्चाको तौले नबढेमा सरकारले स्थापना गरेको पोषण पुर्नस्थापना गृहमा पठाउने गरिन्छ । त्यहाँ बच्चाको अवस्था हेरेर १५ दिन देखि १ महिना सम्म भर्ना गर्ने गरिन्छ । त्यहाँ रहदा बच्चाले कति कसरी कुन कुन खानाहरू खाने भन्ने खानाको समय अवधीमा खुवाउने गरिन्छ । यसले पनि बच्चाहरूको तौल बढ्नुका साथै स्वास्थ्यमा सुधार आउने गरेको डा पराजुलीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?