ट्रेंडिंग:

>> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

औपचारिक नहोस् नीति तथा कार्यक्रम

७ जेष्ठ २०८२, बुधबार
७ जेष्ठ २०८२, बुधबार

लुम्बिनी प्रदेश सरकारले सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको नयाँ स्वरूप मात्रै भएको विश्लेषकहरूको भनाई छ । नीति तथा कार्यक्रमले प्रदेशबासीमाझ खासै उत्साह भर्न नसकेको अवस्था छ । नीति तथा कार्यक्रममा उल्लेख गरिएका बिषय अधिकांश पुरानै ढर्राका छन । प्रदेश सरकारको नीति तथा कार्यक्रम औपचारिकतामै सीमित बन्दै गएको छ । आगामी बर्षको नीति तथा कार्यक्रमले पुरानो बर्षको समीक्षाका साथै जनतालाई आकर्षित बनाउने नयाँ र प्रभावकारी योजना प्रस्तुत गर्नुपथ्र्यो तर उही पुरानै ढर्राको नीति तथा कार्यक्रम ‘नयाँ बोतलमा पुरानै रक्सी’ चरितार्थ भएको छ । यो नीति तथा कार्यक्रममा फूलबुट्टा भरिएको छ । पुरानै कार्यक्रमलाई नयाँ स्वरूप दिने काम भएको छ । कृषि, उद्योग, पर्यटन र पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिने कुरा छ ।

नीति कार्यक्रममा कृषिमा उत्पादकत्व वृद्धि, कृषिलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्ने, कृषकका गरालाई सधैं हराभरा बनाउने तथा घरदैलोमै कृषि सेवा पु¥याउने नीति अवलम्बन गरिने उल्लेख छ । साथै, प्रदेशलाई आगामी १० वर्षभित्र पूर्ण प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य लिइएको छ । अर्गानिक खेतीलाई विकासगरी प्रदेशलाई अर्गानिक खेतिको हवको रूपमा विकास गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा उद्योग, उद्यमशीलता र स्वदेशी वस्तुको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्ने तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अझ मजबुत बनाउने योजना ल्याइएको छ । यो नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्रै हो । यसलाई नयाँ स्वरूपमा सिंगार्ने काम मात्रै भएको छ । त्यसैगरी ‘नागरिकको योगदान, महिनाको एक दिन श्रमदान’, ‘मेरो विद्यालय मेरो दायित्व’, ‘हरियालीसहितका सडक पूर्वाधार’ तथा ‘प्रत्येक घर उज्यालो अभियान’ जस्ता नागरिक अभिमुखी कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटिएका छन् । लोकप्रिय जस्तै लाग्ने यी कार्यक्रमले प्रदेशबासीमा नयाँ उत्साह सिर्जना सक्ने देखिदैन । अधुरा आयोजनालाई सम्पन्न गर्ने, आयोजना बैंकको अवधारणा लागू गर्ने, एक जिल्ला एक नमूना बस्ती निर्माण गर्ने तथा रामपुर–चापाकोट शहर विकास जस्ता योजना पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएका छन् ।

नीति तथा कार्यक्रममा राजधानी क्षेत्रको गुरूयोजना कार्यान्वयन तथा सरकारी भवन निर्माणमा स्वदेशी काठको अनिवार्य प्रयोग गरिने उल्लेख छ । नीति तथा कार्यक्रमको सार बिषयबस्तु यिनै हुन । यी सवै कार्यक्रमलाई नयाँ स्वरूपमा कपी पेष्ट गरिएको भन्दा फरक पर्दैन । हरेक बर्षको सरकारको नीति तथा कार्यक्रममा यसैगरी जनतालाई आश्वासनका पोका बाँडिन्छ । प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कति प्रतिशत लागू भयो वा पूरा भयो भन्ने बिषयमा सरकारले कहिलेपनि समीक्षा गरेन । यो अत्यन्त चिन्ताजनक कुरा हो । केवल जनतालाई भ्रमित गर्न यस्ता कार्यक्रम सार्वजनिक हुने गर्दछन । आयातमुखी वा करमुखी अर्थतन्त्रलाई परिवर्तन गरेर उत्पादनमुखी अर्थतन्त्रको प्रयोगमा जाने वा आत्मनिर्भरतामा केही न केही पहल गर्ने सरकारको नीतिमा उल्लेख गरिएको छ । यी सवै जनतालाई आश्वासनको पोका मात्रै बाँड्ने काम हो । नीति तथा कार्यक्रम एकातिर र काम अर्कोतिर हुने गरेकोले जनताले कसरी विश्वास गर्ने ? प्रश्न उत्पन्न भएको छ । यी कार्यक्रम घोषणाका लागि घोषणामात्र नहोस् भन्नेतर्फ खबरदारी जरुरी छ । पुराना आयोजनालाई निरन्तरता दिने कुरा नीति कार्यक्रम उल्लेख छ । यो बर्षौदेखि सर्दै आएको कर्मकाण्डी जस्तै कार्यक्रम हो । प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम लहडका आधारमा नभई माग र आवश्यकताका आधारमा होस् । अव नीति तथा कार्यक्रमकै आधारमा नयाँ बजेट बनोस् । नीति तथा कार्यक्रम नियमितता र औपचारिकतामात्रै नहोस् भन्नेतर्फ सजगता आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?