ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

सामुदायिक वन र नगरपालिकाको साझेदारीमा पूर्वाधार विकास

७ जेष्ठ २०८२, बुधबार
७ जेष्ठ २०८२, बुधबार

जितपुर, ०७ जेठ ।
नव प्रभात सामुदायिक वन उपभोक्ता समूह र बाणगंगा नगरपालिकाको लागत साझेदारीमा कुलो तथा कल्पट निर्माणको काम सुरु भएको छ । वाणगंगा नगरपालिका–८ का नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता क्षेत्र भित्र पर्ने बोडगाउँ बजार क्षेत्र लगायत विभिन्न स्थानमा कुलो तथा कल्पट निमार्णको काम सुरु भएको हो । बारम्बार डुबानमा पर्ने मुख्य बजार क्षेत्रलाई सुरक्षित बनाउन सामुदायिक वनको नेतृत्वमा लगभग ८० लाख रूपैयाँको संयुक्त लगानीमा काम भइरहेको छ । नगरपालिका र वन समूह दुवैले ४०–४० लाख बराबरको लगानी गरेका छन् ।

सामाजिक विकास र डुबानको समस्या न्यूनीकरण गर्न लक्षित यो कामले स्थानीयहरूलाई राहतको अनुभूति दिलाएको छ । स्थानीय रामु पौडेलले बर्षायाममा डुबानको हुने यस क्षेत्रमा अब डुबानको समस्या नहुने बताए । उनले वन विकास र सुरक्षाको मुख्य आधार रहेको जनाए । उनले भने “पहिला पहिला वन भनेको रूख काट्ने मात्र हो कि जस्तो लाग्थ्यो, तर अहिले थाहा भयो–यो त हाम्रो विकास र सुरक्षाको मुख्य आधार पो रहेछ !”

वन अध्यक्ष डिल्लीराज रेग्मीले बाणगंगा ८ लौगाइको झरेनियामा ६०० मिटर, बोडगाउँ बजार क्षेत्रमा १७५ मिटर कुलो तथा कल्पट निर्माण कार्य भईरहेको जानकारी दिए । उनले बन्डौली र बालापुर क्षेत्रमा पनि कुलो र कलपड निर्माण चलेको बताए । अध्यक्ष रेग्मीले नगरपालिकाको पूर्ण सहकार्यमा निमार्णका काम थालिएको बताए ।
९६३ घरधुरी आबद्ध नव प्रभात सामुदायिक वन समूहले ३७७.६३ हेक्टर वन क्षेत्र संरक्षणसँगै सामाजिक पूर्वाधार, सिँचाइ, उज्यालो गाउँ, आयआर्जन र सीप विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । स्थानीय तहसँगको सहकार्यमा भएको यो पहलले दीर्घकालीन विकासमा योगदान पु¥याउने तथा बोडगाउँ क्षेत्रलाई डुबानको त्रासबाट मुक्त गराउने छ । बाणगंगा नगरपालिका भित्र रहेका विभिन्न समुदायि वन समुहहरूले ५०/५० को लागत साझेदारीमा विभिन्न विकासका निमार्ण कार्यहरू गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?