Butwal Today

सुनको भाउ स्थिर, चाँदीको भाउ सामान्य घट्यो

६ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। हिजोको मूल्यमै स्थिर रहँदै आज पनि छापावाला सुन तोलाको १,८४,८०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्यमा भने सानो गिरावट आएको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १,९४० रुपैयाँ कायम भएको छ, जुन हिजो १,९४५ रुपैयाँ थियो। सुनको मूल्य उच्च विन्दुमा स्थिर रहँदा चाँदीमा देखिएको हल्का गिरावटले बजारमा सन्तुलन देखिएको छ।