ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुद्धपद्ममा जंकफुड निषेध

६ जेष्ठ २०८२, मंगलवार
६ जेष्ठ २०८२, मंगलवार

कपिलवस्तु, ०६ जेठ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित श्री बुद्धपद्म माध्यमिक विद्यालयलाई पत्रु खाना (जंक फुड) निषेधित विद्यालय घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा विद्यालयमा आयोजित घोषणा सभामा विद्यालयलाई जिल्लाको सातौं जंक फुड निषेधित सामुदायिक विद्यालय घोषणा गरिएको हो ।
यस अघि जिल्लाको यशोधरा गाउँपालिका ५ को श्री अनिरुद्ध पब्लिक मावि, बुद्धभूमि २ को गौतम बुद्ध मावि, शिवराज ५ को राष्ट्रिय मावि चन्द्रौटा, महाराजगंज १ को जानकी मावि, विजयनगर ७ को द्रोपतीदेवी मावि र कृष्णनगर २ को देवी बिद्या पिठलाई जंक फुड निषेधित सामुदायिक विद्यालय घोषणा गरि सकिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकाको १-१ सामुदायिक विद्यालयलाई जंकफुट निषेधित विद्यालय घोषणा गरि जिल्लाका सबै पालिकामा गरि १० विद्यालयलाई घोषणा गर्ने अभियान चलाइएको हो ।

गत बर्ष लुम्बिनी प्रदेश सरकारको कार्यक्रम अन्र्तगत जिल्लाभरका २५ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको हेमोग्लोबिन परिक्षण गर्ने क्रममा ६७ प्रतिशत छात्रामा रक्तअल्पताको समस्या देखिए पछि प्रदेश सरकारले कपिलवस्तु जिल्लामा मात्रै जंक फुड निषेधित विद्यालय घोषणाको कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य कार्यालय कपिलवस्तुका पोषण फोकल पर्सन मोहम्मद ईरफानले जानकारी दिए । घोषणा पुर्व सबै पालिकामा कार्यक्रम बारेको अभिमुखीकरण, विद्यालयमा शिक्षक र व्यवस्थापन समितिका प्रतिनिधिलाई अभिमुखीकरण गराएर मात्रै घोषणा गर्न थालिएको उनले स्पष्ट पारे । घोषणा पश्चात विद्यालयले विद्यालयमा जंग फुडको सेवनलाई पुर्ण रूपमा निषेध गरे नगरेको अनुगमनका लागी सम्बन्धित नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, विद्यालयमा प्रधानाध्यापक सदस्य र नगर शिक्षा शाखा प्रमुख सदस्य सचिव रहने गरि ५ सदस्यीय अनुगमन समिति गठन गरिएको ईरफानले स्पष्ट पारे ।

विद्यालयमा जंक फुड बारे जानकारी दिई नियन्त्रण गर्ने, विद्यालय दिवा खाजालाई प्रबद्र्धन गर्ने, स्वस्थ्यकर खानाको बिकल्प प्रदान गरि विद्यार्थीलाई स्वस्थ्य खानपानका लागि प्रोत्साहन गर्ने र अनुगमन समिति गठन गरि निरन्तर अनुगमन गर्ने उद्देश्यका साथ बिगतमा अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन श्रीधर खनालले जानकारी दिए ।गत बर्ष नगरको बुद्धपद्म माध्यमिक विद्यालय र तिलौराकोट मा.बि. गोबरीका छात्राहरूको हेमोग्लोबिन परिक्षणका क्रममा ८३ प्रतिशत छात्रामा रक्तअल्पताको समस्या देखिएकाले यो नगरका विद्यालयमा जंक फुड निषेध आवश्यक रहेकोमा उनले जोड् दिए ।

विद्यार्थीमा जंक फुडको सेवन रोक्नका लागी बिहानीको प्रार्थनामा नै सचेतना प्रवाह गर्दै आएको जनाउदै विद्यालय वरिपरि जंक फुड बिक्री वितरणमा स्थानिय प्रशासनले समेत कडाई गर्न आवश्यक रहेको बुद्धपद्म माध्यमिक विद्यालयमा प्रधानाध्यापक बाबुराम भण्डारीले बताए । जिल्लाका सबै विद्यालयमा जंक फुड निषेध गरेर अगाडी बढ्न आवश्यक रहेकोमा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको जोड थियो । घोषणा पश्चात सबैको सहकार्यमा जंग फुडको बिक्री बितरण र सेवनमा कडाई गर्न आवश्यक रहेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आजाद अहमद दर्जीले जोड दिए ।

जंक फुड निषेधित विद्यालयको मापदण्डमा जंग फुड निषेध बारे होर्डिङ बोर्ड वा भित्ते लेखन गरेको हुनु पर्ने, विद्यालयको चमेना गृहले बिक्री वितरणमा जंक फुड निषेधित गरेको हुनु पर्ने, दिवा खाजामा जंक फुड निषेधको सुनिश्चितता, घर बाट ल्याउने खाजामा जंक फुड नभएको सुनिश्चित भएको, स्थानिय स्वास्थ्य संस्थाबाट महिनाको १ दिन पोषण स्वास्थ्य शिक्षा सञ्चालन भएको र विद्यालयको १ सय मिटरको क्षेत्र भित्र मादक पदार्थ तथा सुर्तीजन्य पदार्थको बिक्री बितरण निषेधको सुनिश्चितता भएको हुनु पर्ने मापदण्ड रहेको छ । सोहि मापदण्ड पुरा गरिएको सुनिश्चितताका आधारमा विद्यालयलाई जंक फुड निषेधित गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?