Butwal Today

प्रधानमन्त्री ओली र शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता

६ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, ६ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता भएको छ। समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरिएको यस भेटका बारेमा प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीको सचिवालयका सदस्य रामशरण बजगाईंले बताएका अनुसार, यो भेट नियमित थियो र यसअघि तय भएको भेटको कार्यक्रम स्वास्थ्य कारणले स्थगित भएको थियो। उनले भने, “हिजो नै भेट्ने कार्यक्रम थियो, तर हिजो भेट हुन नसकेपछि आज भेट भएको हो।”

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्र नहुनका कारण देउवासँगको भेट आजका लागि सारिएको थियो। यद्यपि, प्रधानमन्त्रीले बाह्य कार्यक्रमहरूमा सहभागी नभएर आज पनि प्रधानमन्त्री निवासमा भेटघाट राखेका छन्। प्रधानमन्त्रीको स्वास्थ्यको कारणले आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?