© २०२३
काठमाडौँ ।
नेपाल राष्ट्र बैंकको गभर्नरमा कांग्रेस निकट डा. विश्व पौडेललाई नियुक्त गर्ने सहमति जुटेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलपछि पौडेललाई गभर्नर बनाउने सहमति भएको स्रोतले जनाएको छ।
यसअघि गभर्नर नियुक्तिका विषयमा कांग्रेस र एमालेबीच मतभेद रहँदै आएको थियो। तर, अन्ततः शीर्ष नेताबीचको वार्ताले सहमति निकाल्दै पौडेलको नाममा मोहर लगाउने तयारी गरिएको हो।
सहमति बनेसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ। सो बैठकपछि मन्त्रिपरिषद्को बैठक बस्ने र गभर्नर नियुक्तिको औपचारिक निर्णय लिने तयारी छ।