Butwal Today

रोटरी क्लव अफ बुटवल चौतारीले गर्यो आरसी पोखरा भ्यालीको स्थापना

६ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

बुटवल, ६ जेठ ।

रोटरी क्लव अफ बुटवल चौतारीले रोटरी क्लब अफ पोखरा भ्याली विधिवत रुपमा स्थापना गरेको छ । पोखरामा एक समारोहका बिच रोटरी क्लव अफ पोखरान भ्यालीको गठन गरिएको रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रमको उदघाटन रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरीयन राजेन्द्रमान शेरचनले गरेका थिए । कार्यक्रममा रोटरीका पूर्व डिस्ट्रिक गभर्नर सञ्जय गिरी, विनोद कोइराला, इलेक्ट्रिक गभर्नर, त्यस्तैगरी उक्त क्लबका एडभाइजर डा. विष्णु घिमिरे, रोटरी क्लब बुटवल चौतारीका अध्यक्ष नुमलाल पौडेल र रोटरी पोखराका रोटरीयनहरूको उपस्थिति रहेको थियो ।

चार्टर सेयरमनिमा ४० जना नयाँ सदस्यहरूलाई इन्डक्सन गरिएको थियो । साथै यसै अवसरमा रोटरी क्लव अफ पोखरा भ्यालीका संस्थापक अध्यक्ष जनपुकार मुनानकर्मीले रोटरी डिस्ट्रिक्ट ३२९२ को कार्ययोजना अनुरूप रोटरी क्लब अफ पोखरा भ्यालीले समाज परिवर्तनमा अग्रसर रहने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?