ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

रामपुर पूर्णखोप दीगोपना सुनिश्चित पालिका

६ जेष्ठ २०८२, मंगलवार
६ जेष्ठ २०८२, मंगलवार

पाल्पा, ०६ जेठ ।
पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरूले पूर्णखोप लगाएको सुनिश्चित भएसंगै नगरपालिकालाई आइतबार पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । रामपुरलाई घोषणा गरेसँगै जिल्लाका आठ वटा पालिका पूर्णखोप दीगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन् ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले भौतिक पूर्वाधारको विकासले मात्र विकासको सुचक पुरा नहुने बताए । खनालले विकासको सूचकमा याहाँका जनताको स्वस्थ्य र औषत आयुको महत्वपूर्ण भूमिका रहने भन्दै यसका लागि पूर्ण मात्राको खोप अपरिहार्य रहेको बताए । राज्यले स्वास्थ्यमा ठूलो धनराशी खर्च गर्दै आएको बताउँदै यसलाई सामान्य रूपमा नलिन आग्रह गरे ।रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले दिर्घकालिन  विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको बताए । पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले स्वास्थ्यका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि जोड दिने बताए । पूर्ण खोप सुनिश्चितताको लागि जिम्मेवारीको रूपमा लिएर निरन्तर रूपमा लाग्न स्वास्थ्यकर्मीहरूलाई अनुरोध गरे । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको र संघियता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्ष सम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गर्न सफल भएको बताए ।

यस वर्ष रामपुर नगरपालिका संगै ८ पालिका पूर्ण खोप सुनिश्चित पालिका भैसकेको बताउँदै जेठ ६ गते भित्र बाँकी दुई पालिकालाई पनि घोषणा गरिने जानकारी दिए । उनले पाल्पामा चालु आर्थिक वर्ष भित्र कुनै पनि महिला घरमा प्रसुति हुनु नपरेको तथ्याङ्क प्रस्तुत गर्दै पाल्पालाई पहिलो संस्थागत सुत्केरी युक्त जिल्ला घोषणाको तयारी भैरहेको बताए । गाँडाकोट स्वस्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले शिशु मृत्युदर न्यूनिकरणका लागि नेपालमा १४ वटा खोप लगाइँदै आएको जानकारी दिदै खोपमा सक्रिय स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए ।

साथै खोपकेन्द्रको भौतिक संरचना निर्माण गर्नु आवश्यक रहेको बताए । महिला स्वास्थ्य स्वंय सेविका कमला घर्तीले आफ्नो भनाई राखेका थिए । रामपुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिना सम्मका ५ सय ५७ र १६ महिना देखि ५९ महिना सम्ममा एक हजार ९७३ जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले बताए । महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरू परिचालन गरी सबै वडामा खोज र खोप अहिभाया सञ्चालन गरिएकोमा कुनै पनि बालबालिका नियमित खोप लगाउन छुटेको नभेटिएको घिमिरेले बताए । कार्यक्रमको अवसरमा नगरभित्रका १० वडालाई पूर्णखोप सुनिश्चितता घोषणा र वडा नं. १ लाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?