© २०२३
नवलपरासी,पश्चिम् ।
पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर २ मा रहेको ईलाका प्रशासन कार्यालय सेमरीमा अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।त्यहा रहेका शाखा अधिकृत पिताम्बर खनालको सरुवा भएपछि विभिन्न काम लिएर आउने सेवाग्राहीको काम हुन सकेको छैन । खनालको ४ गते ईलाका प्रशासन कार्याल रुपन्देही सरुवा भएपछि कामकाज ठप्प बनेको हो ।
नागरिकता बनाउने,नाबालक परिचयपत्र, प्रतिलिपी लगायतका महत्वपूर्ण कामकाज रोकिदा सेवाग्राही मर्कामा परेका छन ।दैनिक सरदर न्युनतम २५ देखि ३० जना सेवाग्राही सेवा लिन आउने गरेकोमा ४ गतेदेखि यता सबै सेवाग्राहीको काम रोकिएको बताइएको छ ।
अर्को अधिकृतको ब्यवस्थापन नगरी मन्त्रालयले खनालको सरुवा गरिदिएपछि जनशक्ति अभावका कारण सेवा रोकिएको हो ।
। जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको बढी चाप हुने अवस्थाका कारण त्यहाँबाट समेत जनशक्ति ब्यवस्थापन गर्न कठिनाई भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । एकजना अधिकृतलाई दुबै तिर हेर्न जिम्मा लगाइएको र समयमै काम नभए पनि काम भने नरोकिएको रेग्मीले बताए ।एकजनालाई दुबै तिर हेर्ने जिम्मा लगाएका छौ,उहाँ बेलुका गएर नागरिकताहरुमा हस्ताक्षर गरिदिनुहुन्छ रेग्मीले भने । अधिकृत नभएपछि सेवाग्राहीहरु कार्यालय आउने र फर्किने गरेका छन् ।अर्को अधिकृत ब्यवस्थापन नगरी सरुवा गर्दा आफुहरु मर्कामा परेको सेवाग्राहीको गुनासो छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले उक्त समस्यालाई लिएर आफू अहिले काठमाडौँ मन्त्रालयमै रहेको र आज भोली भित्रमै अधिकृतको ब्यवस्थापन हुने जानकारी दिए ।दैनिक जसो चाप हुने जिल्लाका हरेक सरकारी कार्यालय देखि स्थानीय पालिकाहरुमा समेतमा कर्मचारी अभावले नागरिक मात्रै होइन सम्बन्धित निकायहरुलाई नै सेवा प्रवाहमा कठिनाई भएको छ ।