ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

विपन्न परिवारले पाए नयाँ घर

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

बर्दिया, ५ जेठ ।
राजपुर नगरपालिका, ह्याबिटयाट फर ह्युमेनिटी, युनिक नेपालको सहकार्यमा सुकुम्बासीहरूलाई घर हस्तान्तरण गरिएको छ । राजापुर नगरपालिका वडा नं. ४ मा रहेको शान्तिपुर सुकुम्बासी टोलमा ११ जनालाई घर हस्तान्तण गरिएको हो । सुरक्षित आवासमा दुईवटा पक्की कोठा, भान्सा र एक शौचालय रहेको छ । राजापुर नगरपालिकाको ३१ लाख ८४ हजार ७ सय ९४, ह्याबिटयाट फर ह्युमेनिटी र युनिक नेपालको २७ लाख ५० हजार रूपैयाँ र समुदायको जनश्रमदान ५ लाख १२ हजार ५ सय ८८ रूपैँया लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए । सहयोगी दाता पाए सुकुम्वासीहरूलाई अब हरेक वर्ष सुरक्षीत अवासको व्यवस्था मिलाउँदै जाने प्रमखु थारुले बताए ।

आर्थिक अभावले गर्दा फुसको घरमा बस्दै आएका अति बिपन्न परिवारले घर पाएपछि उनीहरू हर्षित छन् । बिगतमा वर्षा, हावाहुरी आउँदा कच्ची घरमा भोगेको पिडा सुनाउँदै सम्झना चौधरीले अब घरको चिन्ता नभएको र आउँदो समयमा मेहनत मजदुरी गरेर कमाएको पैसा व्यवसाय एवं आफ्नो बच्चाको राम्रो शिक्षाको लागी खर्चिने बताइन । यो परियोजना अन्तर्गतका घरहरू बनाउँदा ठेक्कामा दिइएन । बरु उपभोक्ता समुह बनाएर घरकै परिवारलाई योग्यता अनुसार काम दिइयो । जसबाट उपभोक्ताहरूलाई काम गरे बापत आयआर्जन भयो र आफ्नो घर आफै बनाउँदा गुणस्तर पनि राम्रो भएको सिताजु चौधरीले बताइन ।

पछिल्लो समय विकास निर्माणको जिम्मा लिने तर काम समयमा नहुने परिपाटी विकास भइरहेको अवस्थामा राजापुर नगरपालिकाको मार्गदर्शनमा ह्याबिटेट र युनिकले समयमै घर बनाएर हस्तांतरण गर्न सफल भएकोमा सबै बधाईका पात्र भएको युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले बताए । युनिक नेपालले गरिब परिवारलाई विभिन्न किसिमको सहयोग दिन्दै आएको अध्यक्ष थारुले बताए । युनिक नेपालले हरेक बर्ष गरिब जेहेन्दा बालबालिकाहरूलाई छात्रवृत्ति दिदै पनि आएको अध्यक्ष थारुले बताए । परियोजना अन्तर्गत राजापुर नगरपालिका वडा नम्बर ४ मा २६ जनालाई घर हस्तान्तरणगरेको थियो भने वडा न. ५ मा १० जनालाई घर हस्तान्तरण गरेको भियो र वडा न. ८ मा १३ जनालाई हस्तान्तरण गरी कुल ४९ घर निर्माण भएर हस्तांतरण भैसकेको छ । त्यसैगरी दोस्रो चरणमा वडा न. ५ मा २० वटा घर निर्माण भइरहेको भैरहेको छ । उक्त घर निमार्ण लगत्तै हस्तान्तरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?