Butwal Today

जुवाको खालबाट नगद सहित ९ जना पक्राउ

५ जेष्ठ २०८२, सोमबार
अ+
अ-

लमही , ४ जेठ ।  
दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित एक घरमा जुवा

खेलिरहेको अवस्थामा प्रहरीले आइतबार  छापा मारेर ९ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका  अनुसार मिन बहादुर घर्तीको घरमा जुवा खेलिरहेको सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली खटिएको थियो। सो क्रममा जुवाको खालबाट नगद रु. ४६,६४५ (छयालिस हजार छ सय पैँतालीस रुपैयाँ) बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा दाङ, सल्यान लगायत विभिन्न स्थानका निम्न व्यक्ति रहेका छन ।ओम  बहादुर घर्ति (४६), सल्यान कपुरकोट गा.पा.–४ हाल तुलसीपुर– नर बहादुर शाही (५१), तुलसीपुर–६ ,निम बहादुर भण्डारी (४४), तुलसीपु ,बिष्णु प्रसाद नेपाली (४०), तुलसीपुर बिश्व डाँगी (३७), तुलसीपुर ,डिल बहादुर नेपाली (४३), तुलसीपुर ओम बहादुर थापा (४८), तुलसीपुर ,शेर बहादुर घर्ति (४०), सल्यान बागचौर न.पा.–४ हाल तुलसीपुर–५ प्रकाश भुसाल (४२), तुलसीपुर–७

पक्राउ परेका सबैलाई सम्मानित दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ