ट्रेंडिंग:

>> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन

कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ?

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

लुम्बिनी प्रदेश सरकारले आज सोमबार प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ । यस पटकको नीति तथा कार्यक्रममा पनि प्रदेश सरकारले आश्वासनका पुलिन्दाले भरिएको नीति तथा कार्यक्रम घोषणा गर्ने कुरामा सन्देह छैन । किनभने हरेक बर्ष प्रदेश सरकारले यसैगरी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । कार्यान्वयनमा आउनेदेखि जनतालाई आश्वासनका ललिपप दिनेखाले नीति तथा कार्यक्रम सरकारको विशेषता नै वन्दै आएको छ । यद्यपि यो रोग प्रदेशदेखि संघीय सरकार र अरू प्रदेशसम्म फैलिएको छ । त्यसमध्ये लुम्बिनी प्रदेशमा हरेक बर्षको नीति तथा कार्यक्रममा पर्दै आएको मल कारखानाको विषय यो बर्षपनि प्राथमिकतामै पर्ने प्रदेशका मन्त्रीहरूले भन्दै आएका छन । लुम्बिनी प्रदेशका संस्थागत मूख्य मन्त्री शंकर पोखरेलको पालादेखिको नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशमा मल कारखाना खोल्ने कुरा पर्दै आएको छ तर प्रदेशमा ६ वटा मूख्यमन्त्री फेरिए ।

मल कारखानाको कुरा केवल आश्वासनमै सीमित वनेको छ । उता प्रदेशदेखि संघीय निर्वाचनमा दलहरूको प्रतिवद्धता आउँछ– मल कारखाना खोल्ने कुरा । दलहरूको घोषणापत्रमै यो बिषयलाई प्रमुख प्राथमिकतामा राखिन्छ– मल कारखाना स्थापना गर्ने । जब चुनाव सकिन्छ दलहरूको प्रतिवद्धताबाट यो बिषय बिस्मित हुन्छ । धेरै भयो नेपाल सरकारले मुलुकमै रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य थालेको । बर्षौदेखिको यो प्रयासले यसपटक सार्थकता नपाउने देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक पनि मल कारखानाको विषय उठाउनु भएको छ तर मल कारखाना खोल्ने विषयमा ध्यान पुग्दैन । किन ? त्यसको पछि ठूलै विचौलियाको हात हुन सक्छ । नेपालमै मल उत्पादन भयो भने विदेशबाट मल आयात गर्दा कमिसन खान पल्किएकाहरूको रोजीरोटीमात्रै होइन, त्यसको आडमा नेताहरूको रजाई समेत गुम्ने खतरा उत्तिकै छ । त्यसकारण मल कारखानाको बिषय संघीय र प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्ने मात्रै हो । मल कारखाना पनि बार्षिक क्यालेण्डर जस्तै वनेको छ । हरेक बर्ष नीति तथा कार्यक्रम बन्दा यसको पर्दा उघारिन्छ अनि बन्द गरिन्छ ।

हामी सवैलाई थाहा भएको बिषय हो– नेपाल कृषिप्रधान मुलुक हो । यहाँका ८० प्रतिशत नागरिक कृषिमा निर्भर छन । तर हरेक बर्ष किसानले मलको अभावमा उत्पादन कटौतीमा चित्त बुझाउनु परिरहेको छ । समयमै मलको सहज आपूर्ति नहुँदा धेरै किसानले गरेको मेहनत खेर जाने गरेको छ । अव फेरी किसानहरूले बर्षे खेतीको तयारी गर्ने बेला भैसकेको छ । हरेक बर्ष जस्तै गत वर्ष पनि किसानले मलको अभावको सामना गर्नुपर्ने निश्चित छ । सरकारले मल कारखाना त खोलेन, किसानलाई आवश्यक मल समेत बेलैमा दिन सक्दैन । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले एकतिहाई योगदान पु¥याएको छ ।

मुलुकको झन्डै दुईतिहाइ श्रमशक्ति पनि कृषिमै निर्भर छन् । यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाल अझै पनि परम्परागत कृषिमै निर्भर छ र यसको वैज्ञानिकीकरण अहिलेसम्म नारामा मात्र सीमित रहेको कटु यथार्थ हो । कृषिलाई आधुनिकीकरण वा वैज्ञानिकीकरण गर्न राज्यको प्रबद्र्धनात्मक नीतिसँगै यस क्षेत्रतर्फ लगानी पनि उत्तिकै जरुरी छ । तसर्थ लुम्बिनी प्रदेश सरकारले मात्रै होइन, संघीय सरकारले समेत मल कारखाना स्थापनाका लागि धेरै पहिलेदेखि भन्दै आएको कुरा अव साँच्चै व्यवहारमै देखियोस् । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा मल कारखानाको कुराले निरन्तरता पाउनेमात्रै होइन, कार्यान्वयनमा देखिने वातावरण वनोस् । नीति तथा कार्यक्रममा आउने तर बजेटमा नपर्ने अवस्था कम्तिमा यसपटक अन्त्य होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?