ट्रेंडिंग:

>> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ?

विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

काठमाडौं, ५ जेठ ।

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा नेपाललाई युएईले ११५ रनको लक्ष्य दिएको छ।

थाइल्यान्डको बैंककमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन जोड्यो।

युएईका लागि कप्तान तथा ओपनर इशा वजाले ३९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडिन्। उनलाई मनिषा उपाध्यायले १३औं ओभरमा क्याच आउट गराएकी थिइन्।

अर्की ओपनर तथा विकेटकिपर तीर्था सतिशले ३२ बलमा २१ बनाइन् भने लाभान्या केनीले  १२ रनको योगदान दिइन्। यस्तै हीनाले २० रनको योगदान गरिन्।

बलिङमा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन्। उनले चार ओभरमा २० रन खर्चिइन्। कविता कुँवरले अन्तिम ओभरमा दुई विकेट हात पारिन्। राजमति ऐरीको नाममा एक विकेट रह्यो।

यसअघि नेपालले समूह ‘सी’ को विजेता बनेको सुपर-३ मा पुगेको थियो। सुपर-३ मा समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता युएई पुगेका थिए।

सुपर-३ मा पुगेका नेपाल, थाइल्यान्ड र युएईमध्ये दुई टोली विश्व छनोटमा पुग्नेछन्।

सुपर-३ मा तीन टोलीले एकआपसमा भिड्नेछन्। यस्तै यसअघि समूह चरणमा हात पारेको अंक पनि जोडिनेछ।

समूह चरणमा नेपालले ५ अंक जोड्दा थाइल्यान्ड र युएईले ६-६ बटुलेका थिए। त्यसैले नेपालका लागि शीर्ष दुईमा पर्न कम्तिमा एक जित निकाल्न पर्ने हुन्छ।

शीर्ष दुईमा पर्न सके नेपाल ग्लोबल छनोटमा पुग्नेछ। ग्लोबल छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?