ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ 

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

बुटवल, ५ जेठ ।

संघीयता कार्यान्वयनको एक दशक पुग्नै लाग्दा पनि नेपालका तीन तहका सरकारबीच आपसी समन्वयको कमी बारम्बार सतहमा देखिने गरेको छ।

संघीय सरकार र काठमाडौं महानगरपालिकाबीचको विवादपछिको पछिल्लो उदाहरण लुम्बिनी प्रदेश सरकार र दाङको राप्ती गाउँपालिकाबीच देखिएको विवाद हो। लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती गाउँपालिका र प्रदेश सरकारबीचको सम्बन्धमा अहिले गहिरो द्वन्द्वमा सुरु भएको छ।

राप्ती चेम्बर अफ कमर्सको साधारण सभामा सहभागी भएका मुख्यमन्त्री चेतनारायण आचार्य र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीच सार्वजनिक कार्यक्रममा खुलेआम आरोप–प्रत्यारोप भएको थियो । अध्यक्ष बिष्टले, “ भने पूर्वधार निर्माण भैसकेको छ अब राजधानी बुटवल फर्काइदिए पनि फरक पर्दैन,” भन्ने अभिव्यक्ति दिएका थिए।

त्यसको प्रतिउत्तरमा मुख्यमन्त्री आचार्यले यस्तो भनाइ गैरजिम्मेवारीपूर्ण र असंवैधानिक ठहर गर्दै, “प्रदेशसभा दुईतिहाइको बहुमतले राजधानी देउखुरीमा ल्याएको हो,” भन्दै गम्भीर आपत्ति जनाए। हाल लुम्बिनी प्रदेश सरकारका अधिकांश कार्यालयहरू, मन्त्रालयहरू र प्रदेश सभा भवन लगायत अन्य संरचना राप्ती गाउँपालिकामै रहेका छन्।

राजधानी क्षेत्रका रूपमा गढवा गाउँपालिका र शीतगंगा नगरपालिकाका केही वडा पनि समावेश गरिए तापनि संरचनागत रूपमा केन्द्र राप्तीमै रहेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको कार्यालय समेत राप्ती गाउँपालिकाको भवनमै सञ्चालन हुँदै आएको छ। राजधानी व्यवस्थापनका बिषयमा सबै राजनितिक दल दलिय स्वार्थ भन्दा माथी उठ्न नसक्दा पूर्वसहकार्य तर वर्तमान टकराव सुरु भएको हो ।

प्रकाश बिष्ट माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् र राजधानी व्यवस्थापनको सुरुवाती चरणमा तत्कालीन माओवादी मुख्यमन्त्री कुलप्रसाद केसीलाई अग्रस्थानमा सक्रिय सहयोग गरेका थिए। तर अहिले मुख्यमन्त्री चेतनारायण आचार्यसँगको सम्बन्ध विग्रिएको देखिन्छ। स्थानीय तहका जनप्रतिनिधिहरूको बुझाइमा, बिष्टको सम्बन्ध लुम्बिनीका पहिलो मुख्यमन्त्री शंकर पोखरेलसँग पनि सौहार्दपूर्ण थिएन। नेपालको संविधानले संघीय संरचना अन्तर्गत तीन तहका सरकारबीच सहकार्य र समन्वयका आधारमा काम गर्न स्पष्ट निर्देशन दिएको छ। तर प्रदेश र स्थानीय सरकार प्रमुखबीचको यस्तो सार्वजनिक टकरावले संघीय अभ्यासको मर्ममाथि नै प्रश्न खडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?