Butwal Today

रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा

५ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौं, ५ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुने सम्भावना बढेर गएको छ ।लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयरको इजलासमा सुनुवाइ हुने भएकाले सो सम्भावना बढेको हो ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पटक–पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिँदै आएको थियो । गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चार पटक हेर्न नमिल्ने सूचीमा परेपछि रास्वपा सांसद सोभिता गौतमले पनि संसदमा प्रश्न उठाएकी थिइन्।

सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी रूपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?