ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

गुल्मीदरबारमा थपिए तीन सूचक

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

गुल्मी, ०५ जेठ ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित, पूर्ण संस्थागत प्रस्तुति र पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष द्रोण बहादुर खत्रीले त्यसका लागि चाहिने आवश्यक मापदण्ड पुरा गरेपछि उक्त घोषणा गरेका हुन ।

गुल्मीदरबार गाउँपालिका अन्र्तगतका सबै वडाहरूमा २०७१ देखि नै पूर्ण खोप घोषित भई हरेक वर्ष सुनिश्चित हुँदै आएको छ । गाउँपालिका स्थापना भएदेखि कार्यक्रमको दीगोपनामा जोड दिई पालिकालाई पूर्णखोप पालिका सुनिश्चित गर्दै प्रत्येक वर्ष त्यसलाई प्रमाणिकरण गरिँदै आएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए ।

उनले खोप सुनिश्चतता र दिगोपनाको कारण खोपबाट बचाउन सकिने सबै रोगहरू नियन्त्रण भएको जानकारी दिएका छन ।
गुल्मीदरबार गाउँपालिकाले पालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त स्थानीय तह तथा जिल्ला घोषणा मापदण्ड, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा मापदण्ड र राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सबै आवश्यक मापदण्डहरू पुरा गरिसकेको थियो । सोही मापदण्ड अनुसार गाउँपालिकालाई क्रमशः पूर्ण संस्थागत प्रसुती सेवायुक्त, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित र पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले बताए ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये उक्त मापदण्ड पुरा गर्ने गुल्मीदरबार २१ औं स्थानमा पर्दछ । पालिकाको अथक प्रयासपछि २०८० जेठ ६ गते गुल्मीदरबार गाउँपालिकालाई नेपालकै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिसकिएको थियो । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले विगत ५ वर्षदेखि गुल्मीदरबारमा कुनै पनि महिलाहरू घरमा सुत्केरी नभएको बताईन ।

उनले त्यसका लागि ‘उपाध्यक्ष कोशेली, बाबालाई चिठी, गर्भवती झण्डा’ लगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी गराएकी छने । त्यसका अतिरिक्त पालिकाले बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई यातयात खर्च, न्यायो झोला उपलब्ध गराउँदै आएको छ ।कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले गुल्मीदरबार गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गौरव गर्ने कार्य गरेको बताए । उनले शिक्षा, स्वास्थ र पोषणमा राम्रो गर्न सकिएन भने मानव विकास हुन नसक्ने बताए ।

सोही कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले पोषण, पूर्ण संस्थागत प्रसुती तथा पूर्ण खोप घोषणा कार्यक्रमको लागि गाउँपालिकाद्वारा भएगरेका क्रियाकलापहरूको विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए । घोषणा कार्यक्रममा विभिन्न सन्देश मूलक प्लेकार्ड सहित प्रभातफेरी समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?