ट्रेंडिंग:

>> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन

कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ?

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

लुम्बिनी प्रदेश सरकारले आज सोमबार प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ । यस पटकको नीति तथा कार्यक्रममा पनि प्रदेश सरकारले आश्वासनका पुलिन्दाले भरिएको नीति तथा कार्यक्रम घोषणा गर्ने कुरामा सन्देह छैन । किनभने हरेक बर्ष प्रदेश सरकारले यसैगरी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । कार्यान्वयनमा आउनेदेखि जनतालाई आश्वासनका ललिपप दिनेखाले नीति तथा कार्यक्रम सरकारको विशेषता नै वन्दै आएको छ । यद्यपि यो रोग प्रदेशदेखि संघीय सरकार र अरू प्रदेशसम्म फैलिएको छ । त्यसमध्ये लुम्बिनी प्रदेशमा हरेक बर्षको नीति तथा कार्यक्रममा पर्दै आएको मल कारखानाको विषय यो बर्षपनि प्राथमिकतामै पर्ने प्रदेशका मन्त्रीहरूले भन्दै आएका छन । लुम्बिनी प्रदेशका संस्थागत मूख्य मन्त्री शंकर पोखरेलको पालादेखिको नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशमा मल कारखाना खोल्ने कुरा पर्दै आएको छ तर प्रदेशमा ६ वटा मूख्यमन्त्री फेरिए ।

मल कारखानाको कुरा केवल आश्वासनमै सीमित वनेको छ । उता प्रदेशदेखि संघीय निर्वाचनमा दलहरूको प्रतिवद्धता आउँछ– मल कारखाना खोल्ने कुरा । दलहरूको घोषणापत्रमै यो बिषयलाई प्रमुख प्राथमिकतामा राखिन्छ– मल कारखाना स्थापना गर्ने । जब चुनाव सकिन्छ दलहरूको प्रतिवद्धताबाट यो बिषय बिस्मित हुन्छ । धेरै भयो नेपाल सरकारले मुलुकमै रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य थालेको । बर्षौदेखिको यो प्रयासले यसपटक सार्थकता नपाउने देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक पनि मल कारखानाको विषय उठाउनु भएको छ तर मल कारखाना खोल्ने विषयमा ध्यान पुग्दैन । किन ? त्यसको पछि ठूलै विचौलियाको हात हुन सक्छ । नेपालमै मल उत्पादन भयो भने विदेशबाट मल आयात गर्दा कमिसन खान पल्किएकाहरूको रोजीरोटीमात्रै होइन, त्यसको आडमा नेताहरूको रजाई समेत गुम्ने खतरा उत्तिकै छ । त्यसकारण मल कारखानाको बिषय संघीय र प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्ने मात्रै हो । मल कारखाना पनि बार्षिक क्यालेण्डर जस्तै वनेको छ । हरेक बर्ष नीति तथा कार्यक्रम बन्दा यसको पर्दा उघारिन्छ अनि बन्द गरिन्छ ।

हामी सवैलाई थाहा भएको बिषय हो– नेपाल कृषिप्रधान मुलुक हो । यहाँका ८० प्रतिशत नागरिक कृषिमा निर्भर छन । तर हरेक बर्ष किसानले मलको अभावमा उत्पादन कटौतीमा चित्त बुझाउनु परिरहेको छ । समयमै मलको सहज आपूर्ति नहुँदा धेरै किसानले गरेको मेहनत खेर जाने गरेको छ । अव फेरी किसानहरूले बर्षे खेतीको तयारी गर्ने बेला भैसकेको छ । हरेक बर्ष जस्तै गत वर्ष पनि किसानले मलको अभावको सामना गर्नुपर्ने निश्चित छ । सरकारले मल कारखाना त खोलेन, किसानलाई आवश्यक मल समेत बेलैमा दिन सक्दैन । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले एकतिहाई योगदान पु¥याएको छ ।

मुलुकको झन्डै दुईतिहाइ श्रमशक्ति पनि कृषिमै निर्भर छन् । यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाल अझै पनि परम्परागत कृषिमै निर्भर छ र यसको वैज्ञानिकीकरण अहिलेसम्म नारामा मात्र सीमित रहेको कटु यथार्थ हो । कृषिलाई आधुनिकीकरण वा वैज्ञानिकीकरण गर्न राज्यको प्रबद्र्धनात्मक नीतिसँगै यस क्षेत्रतर्फ लगानी पनि उत्तिकै जरुरी छ । तसर्थ लुम्बिनी प्रदेश सरकारले मात्रै होइन, संघीय सरकारले समेत मल कारखाना स्थापनाका लागि धेरै पहिलेदेखि भन्दै आएको कुरा अव साँच्चै व्यवहारमै देखियोस् । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा मल कारखानाको कुराले निरन्तरता पाउनेमात्रै होइन, कार्यान्वयनमा देखिने वातावरण वनोस् । नीति तथा कार्यक्रममा आउने तर बजेटमा नपर्ने अवस्था कम्तिमा यसपटक अन्त्य होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?