ट्रेंडिंग:

>> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा

‘कानूनलाई’ छल्न अंशबण्डा

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

लमही, ०५ जेठ ।

लुम्बिनी प्रदेशको राजधानी निर्माण क्षेत्रअन्तर्गत सरकारको ल्याण्ड पुलिङ योजना अझै अन्तिम चरणमा पुग्न सकेको छैन । तर अहिलेकै अवस्थामा पनि ‘अंशबण्डा’ को नाममा जमिन बिक्री सुरु भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले यस्तो किनबेचलाई गैरकानुनी ठहर गर्दै सार्वजनिक सूचना जारी गरी रोक लगाएको छ । तर, राप्ती गाउँपालिका ३ र ४ सहितका भूभागमा पुरानै कित्ता कायम गरेर अंशबण्डा बनाइने र जमिन बिक्री गरिने क्रम रोकिएको छैन ।

प्राधिकरणका प्रमुख छबिराज पोख्रेलले भने, “ल्याण्ड पुलिङको प्रक्रिया अझै टुंगिएको छैन, अन्तिम चरणमा रहेको छ, कित्ताकाट समेत भएको छैन । यस्तो अवस्थामा असबण्डा बनाएर हुने कारोबार कानुनविपरीत हो र यसले दीर्घकालीन रूपमा राजधानी योजना नै संकटमा पार्न सक्छ ।” उता राप्ती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर चौधरी आफ्नो अगाडि जग्गा दलालले खुल्ला पलटिङ गरी किनबेच भएको बताए । जग्गा धनी हामी घर छुट्टीयौ अशाबण्डाको सिफारिस दिनुहोस् भन्छन । बाध्यताबस दिन्छौ । तर नियत भने भित्रभित्रै जग्गा पलटिङ हुन्छ चौधरीले भने ।

यसबीच, स्थानीय बासिन्दाहरू भने लामो समयदेखि अनिश्चिततामा राखिएको भन्दै बाध्य भएर जग्गा बेच्नुपरेको तर्क गर्छन् । कानुनविद्हरू भन्छन्’ असबण्डाको नाममा हुने किनबेचले न खरीददारको स्वामित्व सुरक्षामा हुन्छ, न नै योजनाको उद्देश्य पुरा हुन्छ ।’ यसबीच, लुम्बिनी प्रदेश राजधानी देउखुरीमा रहेका संरचनाहरूको व्यवस्थापन सम्बन्धी विवाद सार्वजनिक मञ्चमै झल्किएको छ । हालको प्रदेश सरकार, प्रमुख रूपमा मुख्यमन्त्री चेतनारायण आचार्य र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टबीचको सम्बन्ध चिसिंदै गएको देखिन्छ ।

एक सार्वजनिक कार्यक्रममा अध्यक्ष विष्टले, भने–“अब अति भयो, राजधानी बुटवल नै फर्काइदिए पनि हुन्छ,” भनेर दिएको अभिव्यक्तिपछि मुख्यमन्त्री आचार्यले सोही कार्यक्रममा प्रतिकृया दिँदै त्यसलाई ‘गैरजिम्मेवार अभिव्यक्ति’ को संज्ञा दिए । मुख्यमन्त्रीले भने, “राजधानी आएर यहाँका जनताले सजाय पाए भन्ने भनाइ सस्तो लोकप्रियताको लागि हो। देउखुरीमा राजधानी सजिलै आएको होइन, प्रदेशको आवश्यकता अनुसार आएको हो । स्थानीय र प्रदेश सरकारबीच समन्वय हुनुपर्नेमा उल्टो कुरा गर्नु अनुचित हो ।” विवादको मूल जड १५ सैयाको अस्पताल उद्घाटनका र रोक्का जग्गा फुकुवा सन्दर्भमा रहेको बताइन्छ ।

राजधानी व्यवस्थापन र स्थानीय सहकार्यको विषयलाई लिएर राजनीतिक दलहरूबीचको सम्बन्ध जटिल बन्दै गएको यो घटनाले देउखुरीको भविष्य र राजधानी स्थायित्वमै प्रश्न खडा गरेको देखिन्छ । प्रदेशको राजधानी देउखुरी क्षेत्रमा राप्तीसहित गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको केही वडा राखिएपनि अहिले सरकारका करिब सबै संरचना राप्ती गाउँपालिकामै रहेका छन् । राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ८ र ९ लाई राजधानीमा समेटिए पनि अहिलेका अधिकांश संरचना राप्तीमै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?