© २०२३
बुटवल, ३ जेठ ।
तेक्वाण्डो खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ बुटवलमा सम्पन्न तेस्रो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो च्याम्पियनसिप २०८२ को उपाधि बुटवल बुटवल डोजाङले चुमेको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवल तेक्वाण्डो डोजाङको आयोजनामा शनिबार भएको प्रतियोगितामा कुल १६ स्वर्णसहित बुटवल च्याम्पियन बनेको हो । प्रतियोगितामा ३ स्वर्ण र ८ रजत पदकसहित त्रिभुवन स्कुल दोस्रो तथा ३ स्वर्ण र २ रजत पदकसहित गार्गी एकेडेमी तेस्रो भएको छ ।
प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै खेल विकास र पूर्वाधारमा नगरको योजनाबारे प्रकाश पारे ।
कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यबाहक सचिव चन्द्रकान्त आचार्यले मार्शट आर्टको उत्कृष्ट विधाका रुपमा मानिएको तेक्वाण्डो खेल भएको बताए । कुनै बेला बुटवल यो खेलको उर्वरभुमिकाका रुपमा रहेको स्मरण गर्दै आगामी दिनमा यो पहिचानलाई स्थापित गर्ने गरि लाग्न जरुरी रहेको बताए ।
कार्यक्रममा डोजाङका अध्यक्ष मदन थापा मगरले खेल गतिविधिमार्फत प्रतिस्प्रर्धा गराउदै खेलाडीमा आत्मबल बढाउने सकिने बताए । विगतबाट नै यो प्रतियोगिता एउटा महत्वपूर्ण पर्वका रुपमा हुदै आएको उनले बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला तेक्वाण्डो संघका सचिव राकेश यादव, अन्नपुर्ण कलेजका प्राचार्य मित्रहरि आचार्यले मार्शल आर्ट खेल सबैका लागि उपयोगी र महत्वपूर्ण खेल भएको बताउदै यसलाई अनिवार्य बनाउनुपर्ने बताए ।
प्रतियोगितामा छात्रतर्फ १८ केजीबाट ६३ केजी तौल समुह तथा छात्रातर्फ २० केजीबाट ५३ केजि तौल समुहमा २५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । यसैगरि पुम्सेमा भने १२ वटा सिगल काता रहेको छन । प्रतियोगितामा २२ विभिन्न डोजाङ टिमका २५० बढि खेलाडीहरु सहभागी रहेका थिए ।