ट्रेंडिंग:

>> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ

बल्झिंदै आङ खस्ने समस्या

४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

रोल्पा, ०४ जेठ ।

आफ्नो समस्या खुलेर भन्न नसक्दा महिलाहरूको आङ खस्ने समस्या बल्झिंदै गएको रोल्पामा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले बताएका छन् । स्वास्थ्य कार्यालय रोल्पाले आयोजना गरेको सरोकारवालाहरूसँगको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले उक्त कुरा बताएका हुन ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डाक्टर अच्युत शर्मा न्यौपाने नेपालका करिब ५० प्रतिशत महिलामा यस्तो खाले समस्या हुने तथ्यांक प्रस्तुत गरे । मेडिकल साईन्सले यस्ता बिरामीलाई चार चरणमा विभाजन गरेको बताउँदै महिलाको कुल जनसंख्याको करिब १० प्रतिशतमा यो समस्या चौथो स्टेचसम्म पुगि जटिल शल्यक्रिया गर्नु परिरहेको बताए । शहरी क्षेत्रको तुलनामा ग्रामिण भेगमा बस्ने महिलाहरूमा यो समस्या बढी रहेको बताउँदै यसबाट बढी मात्रामा विपन्न समुदायका महिलाहरू प्रभावित हुने गरेको बताए । ठूलो वच्चाको जन्म भएमा, धेरै मोटोपन भएमा, कब्जियत भएमा, गह्रौ सामान वोक्दा र कम उमेरमै बच्चा जन्माउँदा यस्तो समस्या निम्तने गरेको उनको भनाई छ । पोषणयुक्त खानाको कमीले पनि यस्तो समस्या देखिने गरेको उनको भनाई छ ।

यसै कुरालाई मध्य नजर गर्दै लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले गत वर्षदेखि यस्ता महिलाहरूलाई लक्षित गरी स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको छ । अघिल्लो वर्ष रोल्पा, प्यूठान र रुकुम पूर्वका आङ खसेका बिरामीहरूलाई लक्षित गरी रोल्पा अस्पतालमा स्वास्थ्य शिविर संचालन गरिएको थियो । सो शिविरवाट १३७ जना महिलाको पाठेघरका अप्रेशन गरिएको थियो । जसमा रोल्पा जिल्लाका ७७ जना, प्यूठानका ३९ जना र रुकुम पूर्वका २१ जना थिए ।

चालु आर्थिक वर्षमा समेत सो कार्यक्रमलाई निरन्तरता दिएका छौ प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना र नेपालगञ्ज मेडिकल कलेजको समन्वयमा यही जेठ १५ देखि २१ गतेसम्म प्युठान अस्पतालमा निशुल्क शल्यक्रिया शिविरको आयोजना गरिएको छ । जिल्लाका दश वटै स्थानीय तहहरूले उक्त समस्याका बिरामीहरूको स्कृनिङ गरी बिरामी पहिचान गरिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका कुमार थापाले भने । रोल्पाका स्थानीय तहहरूबाट हालसम्म ३८ जना बिरामीको पहिचान भइसकेको छ । जस अनुसार रोल्पा अस्पतालमा पहिचान भएका विभिन्न स्थानीय तहका १९ जना रहेका छन । यसैगरी थवाङ गाउँपालिकामा ४ जना, रुन्टीगढी गाउँपालिकामा ६ जना र माडी गाउँपालिकामा ९ जना रहेका छन ।

छनोट भएका रोल्पा जिल्लाका १० वटै स्थानीय तहका बिरामीहरूलाई कसरी शिविर सञ्चालन हुने स्थानसम्म लैजाने भन्ने विषयमा समेत छलफल गरिएको थियो । वैठकमा उपस्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले आर्थिक वर्षको अन्त्यतिर यस्तो कार्यक्रम आयोजना हुँदा खर्च व्यवस्थापनमा समस्या हुने गरेको बताएका थिए । बिरामीहरूलाई यातायातको व्यवस्था गर्ने विषयमा सबै स्थानीय तहहरू सहमत भएपनि बिरामी र कुरुवाहरूका लागि खाने वस्ने व्यवस्था गर्दा पालिकालाई आर्थिक भार पर्ने उनीहरूको भनाई थियो ।

बैठकले महिलाको आङ खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविरको सबैलाई जानकारी गराउनको लागि स्वास्थ्य कार्यालय रोल्पाले जिल्लाका सबै स्थानीय तहहरूमा पत्रचार गर्ने र उक्त कार्यका लागि स्वास्थ्य कार्यालय रोल्पाका एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्ने समतेको निर्णय गरेको थियो । सोही कार्यक्रममा जोखिम संचारको बारेमा समेत सरोकारवालाहरूलाई अभिमुखीकरण गरिएको थियो । स्वास्थ्य कार्यालय रोल्पाका पोषण सम्पर्क व्यक्ति डिल्लीबहादुर केसीले सो विषयमा प्रस्तुतीकरण गरेका थिए । विपदको समयमा कसरी प्रभावकारी संचार गर्ने भन्ने विषयमा सरोकारवालाहरूलाई संवेदनशील बनाउन उक्त अभिमुखीकरण गरिएको केसीले बताए । अन्य समयको तुलनामा विपदको समयमा गलत सूचनाले ठूलो असर गर्ने बताउँदै संचार सधै तथ्यपरक हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?