© २०२३
बुटवल, ४ जेठ । बुटवलका क्रिकेटप्रेमीहरुको अगुवाईमा ‘देवीनगर क्रिकेट प्रिमियर लिग २०८२’ शुरुभएको छ ।
“स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित युवाबीच खेलमैत्री भावना विकास हुने गरि देवीनगर क्रिकेट क्लबको आयोजनामा अक्सन प्रणालीमार्फत क्रिकेट लिग प्रतियोगिता शनिबार शुरु भएको हो ।
देविनगरस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा जेके वारियर्स विजयी भएको छ । जेकेले रोयल सिद्धार्थलाई २७ रनको अन्तरले पराजित गरेको हो । टस जितेर रोयल सिद्धार्थले जेके वारियर्सलाई ब्याटिङको निम्तो दिएको थियो । जेकेले निर्धारित १५ ओभरमा ५ विकेटको नोक्सानीमा ९९ रनको लक्ष्य खडा गरेको थियो । जेकेका कमल रायमाझीले ५५ तथा रोशन अर्यालले २० रनको योगदान दिए । रोयल सिद्धार्थका महेश, दिपेन्द्र र प्रकाश न्यौपानेले समान १/१ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको रोयल सिद्धार्थ १२.२ ओभरमै केवल ७२ रनमा समेटियो । रोयलका कमल अस्लामीले २२ रन तथा अनिल पाण्डेले १८ रनबाहेक अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा रन जोड्न सकेनन । कम स्कोरमा रोक्न जेके वारियर्सका ओम टण्डनले विकेट लिए । खेलमा जेकेका कमल रायमाझी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहका बिच समाजसेवी अर्जुन मान सैंजु, बलराम भट्टराई, अरुण कुमार ज्ञवाली, क्लबका अध्यक्ष तारा प्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गर्दै खेल विकासमा समुदायको अपनत्व जरुरी रहेको बताए ।
विभिन्न संघसंस्थाहरुको सहयोगमा प्रतियोगिता आयोजना गरेको क्लबका सचिव निर्मल ज्ञवालीले बताए ।
एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा जेके वारियर्स, रोयल सिद्धार्थ, मेगा राइनोज, र प्रिन्ट हब किङ्स चार टिम रहेको खेल संयोजक अनिल पाण्डेले बताए ।