ट्रेंडिंग:

>> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने

थोराङ्ग पास क्षेत्र सफा गर्दै सैनिक उच्चशिखर शिक्षालय कैसाड्गले मनायो ५० औं वार्षिकोत्सव

४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

बुटवल, ४ जेठ । श्री सैनिक उच्चशिखर शिक्षालय, कैसाड्गले आफ्नो ५० औं वार्षिकोत्सवको अवसरमा वातावरण संरक्षणको अभियानका साथ दिने गरि थोराङ्ग पास क्षेत्रको सफाइ गरेको छ । शिक्षालयमा सञ्चालन भईरहेको सि.सं. ६३ हाई अल्टिच्युड तथा माउण्टेन वारफेयर आधारभूत तालिमका शिक्षक, शिक्षार्थी तथा बन्दोवस्ती टोलीले तालिमको अन्तिम बाहिरी अभ्यासका क्रममा थोराङ्ग फेदीदेखि मुक्तिनाथसम्मको यात्रामा थोराङ्ग पास ईलाकामा छरिएर रहेका करिब ३५० के.जी. (३७ बोरा) फोहोर संकलन गरेका हुन् ।

एक औपचारिक समारोहका बीच शिक्षालयका शिक्षाधिकृत महासेनानी खेमराज शर्माले राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रहेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एसिएपी) जोमसोम, मुस्ताङ्गका कार्यालय प्रमुख राजेश गुप्तालाई सङ्कलित फोहोर हस्तान्तरण गरेका छन ।

कार्यक्रममा महासेनानी शर्माले सैनिक शिक्षालयले शारीरिक, मानसिक र सैनिक तालिमसँगै प्रकृति संरक्षण र सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकतामा राख्दै आएको बताए । उनले देशको दुर्गम भेगमा पुगेर अभ्याससंगै ती क्षेत्रहरूलाई सफा र सुरक्षित राख्नु सबैको कर्तव्य भएको बताए । शिक्षालयबाट आगामी दिनमा पनि यस्ता सकारात्मक कार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एसिएपी) का कार्यालय प्रमुख राजेश गुप्ताले सफाइ अभियानप्रति आभार व्यक्त गर्दै यस्ता प्रयासहरूले पर्यावरणीय सन्तुलन कायम राख्न र पर्वतीय पर्यटनलाई टिकाउ बनाइराख्न ठुलो योगदान दिने बताए । ५० औं वार्षिकोत्सवको अवसरमा गरिएको यस प्रकारको कार्यक्रमले सैनिक उच्चशिखर शिक्षालयको समाजप्रतिको संवेदनशीलता, अनुशासन र नेतृत्व क्षमताको स्पष्ट झलक दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?