ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

तौलिहवामा यात्रुवाहक सवारी साधनको चरम लापरवाही

४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

कपिलवस्तु,  ४ जेठ ।

तौलिहवा भैरहवा सडकखण्डमा दैनिक चल्ने यात्रुबाहक बसको चरम लापरवाहीका कारण तौलिहवामा सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

सो रुट हुदैं भैरहवा र अलिगढवाबाट तौलिहवा पुग्ने यात्रुबाहक बसहरुले जिल्ला प्रशासन कार्यालय चोकमा सडकमा लगाएको मिडियनको तारजालीको छेकबार तर्फ बस रोकेर यात्रुहरु ओराल्ने गर्दा दुर्घटनाको जोखिम बढेको हो ।

ट्राफिक प्रहरीको आँखा छलेर सो रुटमा चल्ने प्राचिन कपिलवस्तु यातायात प्रा.लि. र सिद्धार्थ यातायात लगायतका सवारी साधनले निर्वाध रुपमा सडक अबरुद्ध हुने गरि मुल सडकमै सवारी साधन रोकेर यात्रु ओराल्ने गरेका छन । मुल बाटोमा यात्रुवाहक सवारी रोकेर मेडियनको छेकबार तर्फ सवारी उतार्दा यात्रुलाई सिधै सडक पार गर्नुपर्ने बाध्यता आउने गरेको छ । तारजालीको कारण यात्रुहरु बसको अघि र पछि घुमेर सडक काट्नु पर्ने बाध्यताका कारण दैनिकजसो दुर्घटना बढ्दो छ । यसरी बिच सडकमै सवारी रोक्दा यात्रा गर्ने बालबालिका, वृद्ध र अपाङ्गता भएका यात्रुका लागि थप जोखिम बढ्दो छ ।

प्राचिन कपिलवस्तु यातायातको चरम लापरवाहीको नमुना कपिलवस्तु नगरपालिका वडा नम्बर १ को बसपार्कमा समेत देखिन्छ । व्यवस्थित बसपार्क भए पनि तौलिहवा मर्यादपुर रुटमा आबद्ध सवारी साधनले बसपार्क बाहिरको मुल सडकमा सवारी साधन रोकेर दुर्घटना निम्त्याउने गरेका छन । सो रुटमा ओभरलोड यात्रु राख्दा अघिल्लो महिना झुण्डिएर यात्रा गर्ने तिन जना लडेर घाईते भएका थिए ।

त्यति मात्र होइन सो रुटमा चल्ने सवारी साधनले सरकारले तोकेको भन्दा भाडादर भन्दा बढि भाडा समेत असुल गर्दै आएको पाइएको छ । सो प्रा.लि.मा आबद्ध कतिपय सवारी साधनले समयमा गन्तब्यमा नपुर्याउने, यात्रुलाई चढाएर अन्तिम समयमा यात्रु कम भएकाले गन्तब्यमा पुग्न नसकिने भन्दै अर्को सवारी साधनमा पठाउने गरेको यात्रुहरुको गुनासो छ । त्यस्तै तौलिहवादेखी मर्यादपुर, बहादुरगंज सहितका रुटमा चल्ने सवारी साधन पुराना र मर्मत सम्भार नहुँदा बिचबाटैमा बिग्रीने समस्याले यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

तौलिहवा देखी मर्यादपुर रुटमा चल्ने सवारी साधनलाई बिच सडकमा रोकी यात्रु चढाउने कार्य गर्दा सो रुटमा दुर्घटनाको जोखिम बढ्नुका साथै आवागमनमा अवरोध पर्ने गरेको स्थानिय समाजसेवी दिनेश हमाल बताउँछन् । यात्रुबाहक सवारी साधनकोे चरम लापरवाहीमा समेत नियमनकारी निकाय मौन बसेको भन्दै उनले आक्रोश पोखे ।

प्राचिन कपिलवस्तु यातायात प्रा.लिका रुट सदस्य ब्रह्मानन्द चौधरी भने पार्किङ्ग गर्ने स्थानको अभावमा समस्या पर्दे आएको बताउछन् । प्राचिन कपिलवस्तु यातायातमा आबद्ध यात्रुवाहक सवारी साधनलाई ओभरलोड नगर्न र मुल सडकमा यात्रुबाहक सवारी नरोक्न कडाई गरिएको कपिलवस्तु यातायात प्रा.लि. का अध्यक्ष मोहम्मद रफिक दाबी गर्छन् । अध्यक्ष रफिकले आफुहरुले कडाई गरेको दावी गरेको भए पनि सवारी साधनले भने चरम लापरवाही गर्दै आएका छन ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुको तथ्याङ्कले चालु आर्थिक बर्षको बैशाख मसान्त सम्मको अबधीमा जिल्लाभर ३ सय ३३ वटा दुर्घटनाका घटना भएका छन् । जसमा ६० जनाको मृत्यु भएको छ भने २ सय १३ जना गम्भिर घाईते र ३ सय २४ जना सामान्य घाईते भएका छन् । दुर्घटनामा ८ वटा चौपायाको मृत्यु भएको छ भने २ चौपाया घाईते भएका छन् ।

तौलिहवा क्षेत्रमा चल्ने सवारी साधनलाई ओभरलोड नगर्न तथा सहि स्थानमा सवारी साधन रोक्न पटक पटक सचेत गराईएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरिक्षक पंकज चुदालीले बताए ।

उनले ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कडाईका साथ कारवाही गरिने स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?