ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण

४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलबारी स्थित तिलोत्तमा होम्स्मा घर बुकिङ्क गरेर भुक्तानी सम्पन्न गरेकाहरुलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) प्रदान गरेको छ । लु

म्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.ले प्रवद्र्धन गरेको तिलोत्तमा होम्स्मा घर बुकिङ्क गरेकाहरुलाई कम्पनीले सम्झौताअनुसार घरको स्वामित्व हस्तान्तरण गरेको हो । कम्पनीले शनिबार घर बुकिङ्क गरेर भुक्तानी सम्पन्न गरेका चार जनालाई घरको सम्पूर्ण स्वामित्व सहित लालपूर्जा हस्तान्तरण गरेको छ । तिलोत्तमा होम्स्मा बसोबास गरेका १५ घरधनीमध्ये शनिबार चार जनाले लालपूर्जा प्राप्त गरेका हुन् ।

घर निर्माण सम्पन्न भएर हस्तान्तरण गरिएका बाँकी परिवारलाई क्रमशः स्वामित्व हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । कम्पनीले घर बुकिङ्क गरेर भुक्तानी सम्पन्न गरेकाहरुलाई स्वामित्व हस्तान्तरण गर्ने कार्यलाई प्राथमिकता दिएको अध्यक्ष नेत्रलाल वनले बताए । शनिबार शंकरप्रसाद पौडेल, ऋद्धि शर्मा, विजेता पिया र युवराज गिरीलाई घरको स्वामित्व हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

तिलोत्तमा होम्स्मा पहिलो चरणमा निर्माण सम्पन्न भएका ३० वटा घरमध्ये आधा घरमा बसोबास सुरु भएको छ भने बाँकी घरमा इन्टेरियरको काम सञ्चालनको क्रममा छ । कम्पनीका प्रवन्ध निर्देशक सहदेव खड्काले परियोजनाले निर्दिष्ट गरेका घरबाहेकका अन्य संरचनाहरु प्राथमिकताका आधारमा असोज अन्तिम साताबाट निर्माण सुरु गर्ने योजना रहेको जानकारी दिए । कोराना महामारीपछि मुलुकमा आएको आर्थिक विषम परिस्थितिका बाबजुद तिलोत्तमा होम्स्ले सम्झौताअनुसार काम अघि बढाउनु सकारात्मक रहेको घरधनी शंकरप्रसाद पौडेलले बताए । उनले सम्झौताअनुसार परियोजनाले बनाउने अन्य भौतिक पूर्वाधार निर्माणको काम पनि छिट्टै अघि बढ्ने विश्वास गरे ।

कम्पनीले तिलोत्तमा—७ भलबारीमा झण्डै ६ विगाहा क्षेत्रफलमा लुम्बिनी प्रदेशकैं पहिलो आवास विकास परियोजनामा सञ्चालन गरेको छ । यस क्षेत्रको सबैभन्दा पहिलो आकर्षक आवास परियोजनाप्रति सबैले चासो र उत्सुकता जनाइरहँदा कम्पनीले घरधनीलाई स्वामित्व हस्तान्तरण सुरु गरेको हो । यहाँ जग्गा र घरको क्षेत्रफलको आधारमा ग्रुप ए मा ४२ वटा ग्रप बी मा ६७ वटा घरहरु निर्माण हुँदै छन् ।

गु्रप ए मा पर्ने घरको कुल क्षेत्रफल १५ धुर र भवन २९०० स्क्वायर फुट (बिल्ड अप एरिया) र गु्रप बी मा पर्ने घरको कुल क्षेत्रफल १० धुर र भवन २२०० स्क्वायर फुट (बिल्ड अप एरिया) मा रहेका छन् । परियोजनास्थल कम्पाण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्शियल कम्प्लेस, सामुदायिक भवन, ब्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थक्लव, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, ग्रीन जोन रहनेछन् । यस्तै परियोजना स्थलभित्र मुल बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहनेछन् ।

कम्पनीका प्रवन्ध निर्देशक खड्काले सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुनेगरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकार नीतिअनुरुप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन भैरहेको बताए । यो परियोजनाको लागत २ अर्ब बढी छ । परियोजना अन्तर्गत् बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामाग्री सरकारले तोकेको मापदण्डअनुसारका रहेको र निर्माण कार्य पूर्णतः ईञ्जिनियरको सुपरीवेक्षणमा भैरहेको उनले बताए । परियोजना निर्माण स्थलको माटो परीक्षण गरी त्यसको आधारमा नक्सा डिजाइन गरिएकोले यहाँ बन्ने घरहरु भूकम्प प्रतिरोधात्मक रहेको कम्पनीले जनाएको छ ।

परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैंले गरेको छ । परियोजना अन्तर्गत् रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय सोसाइटी आफैंले गर्ने अध्यक्ष वनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?