© २०२३
बर्दिया,४ जेठ ।
प्राचीन स्मारकसम्बन्धी कसुरमा चारजनालाई ११ महिना कैद सजायको फैसला भएको छ । बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको इजलासले कसुर ठहर गर्दै ११ महिना कैद सजायको फैसला भएको हो ।
प्राचीन स्मारकसम्बन्धी कसुरमा न्यायाधीश श्रेष्ठको १ जेठको इजलासले भारतीय नागरिक ४९ बर्षीय जब्बार खान, गुलरिया नगरपालिका वडा नम्बर ११ का २४ बर्षीय सञ्जय राढ, गुलरिया नगरपालिका ११ कै ३५ बर्षीय पप्पु शेख र गुलरिया नगरपालिका ११ कै ४३ बर्षीय शम्शेर खानलाई जनही ११ महिना कैद र दश हजार रुपैँया जरिवानाको फैसला भएको जिल्ला अदालत बर्दियाकी शाखा अधिकृत अमृता केसीले बताईन । चारै दोसीहरुलाई जिल्ला कारकागारमा पठाइएको छ ।