ट्रेंडिंग:

>> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन 

सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

खोटाङ, ०४ जेठ ।

रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोबास छ । एक घर तामाङ र ७९ घर राई जातिको बसोबास रहेको दम्कुमा हरेक सामाजिक काम सबै एकताबद्ध भएर गर्दै आएका छन् । सानातिना विकासे कामका लागि सरकारको मुख नताक्ने बानी परेका उनीहरूको बीच गाउँमा कालिका आधारभूत विद्यालय सञ्चालनमा छ। कक्षा ८ सम्म अध्ययन/अध्यापन हुने यस विद्यालयमा यो शैक्षिकसत्रका लागि ६२ विद्यार्थी भर्ना भएका छन् ।

गाउँपालिकाबाट यसै वर्ष कक्षा ८ सम्म सञ्चालनको अनुमति पाएको विद्यालयमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई संस्कारसहितको गुणस्तरीय तथा व्यावहारिक शिक्षा उपलब्ध गराउन स्थानीय कसिएका छन् । वि.सं. २०३६ मा स्थापना गरिएको यस विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा २ सम्म अङ्ग्रेजी माध्यमको पढाइ हुन्छ ।

विद्यार्थी अभावमा १२ वर्षअघि दुईवटा प्राथमिक तहको विद्यालय समायोजन गरेर सञ्चालन गरिएको कालिका आधारभूत विद्यालयमा प्रत्येक शैक्षिक सत्र क्रमशः बढाउँदै लगेर कक्षा ८ सम्म नै अङ्ग्रेजी माध्यम लागू गर्ने लक्ष्य राखिएको छ । वि.सं. २०७० मा स्थानीय जनता प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालयबीच समायोजन गरेर कालिका आधारभूत विद्यालय बनाइएको यस विद्यालयलाई यसै शैक्षिक सत्रदेखि पूर्ण आवासीयसमेत बनाइएको छ ।

चन्दा सङ्कलन गरेर जुटाइएको रकमले आवासीय बनाइएको विद्यालयमा पूर्ण आवासीय भएर अध्ययन गर्नका लागि १४ छात्र तथा २० छात्रा भर्ना भएका छन् । कक्षा २ भन्दामाथिका विद्यार्थीलाई पूर्ण आवासीय रूपमा अध्यापन गराउने लक्ष्य राखिएको यस विद्यालयमा साना बालबालिकालाई अनिवार्य गरिएको छैन ।

छात्रछात्राका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको विद्यालयका लागि आवश्यक सिरक, डसना, तन्ना र सिरानी गाउँपालिकाले उपलब्ध गराएको छ । आवासका लागि आवश्यक पर्ने फर्निचर, भान्छाका सामग्री तथा रासन भने विद्यालय प्रशासन आफैँले उपलब्ध गराएको जनाइएको छ । पूर्ण आवासीय अध्ययनका लागि भर्ना भएका छात्रछात्राका लागि एक÷एक महिला तथा पुरुष शिक्षक तोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राईले जानकारी दिए। उनीहरूका लागि खान तथा बस्ने व्यवस्थासहित थप रु तीन÷तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ । साधारण तरिकाले सञ्चालन हुँदै आएको सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउने अभियान सुरु गरेको छोटो समयमा नै नौ लाख १४ हजार सहयोग प्राप्त भएको आर्थिक सङ्कलन समितिका संयोजक विशाल राईले जानकारी दिए ।

विभिन्न व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएको रकमबाट सञ्चालन गरिएको आवासीय विद्यालय बिहीबार गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले औपचारिक उद्घाटन गरे । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा कालिका आधारभूत विद्यालयलाई पूर्ण आवासीय बनाएपछि यस वर्षमात्रै २२ नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक टीकाराम राईले जानकारी दिए ।

‘साधारण तरिकाले सञ्चालन हुँदै आएको विद्यालयलाई आवासीय बनाएर संस्कारसहितको गुणस्तरीय तथा व्यावहारिक शिक्षा उपलब्ध गराउने योजना बनाएका छौँ, यो अभियानमा सबैको साथ र सहयोग प्राप्त भएको छ’, उनले भने, ‘पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ, यसलाई रोक्न हामीले विद्यालयलाई पूर्ण आवासीय बनाएका हौँ, विद्यालयले सुरु गरेको अभियानमा सबैको साथ पाइएको छ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?