Butwal Today

वृहत स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

४ जेष्ठ २०८२, आइतबार
अ+
अ-

बुटवल, ४ जेठ । स्वास्थ्य सचेतना र नियमित रक्तदान संस्कृतिलाई स्थानीय तहसम्म पु¥याउने उद्देश्यसहित नेपाल नियमित रक्तदाता संघले एघारौं वृहत स्वास्थ्य तथा रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितिको संरक्षकत्व तथा बुटवल उपमहानगरपालिका वडा नं. १०, नेपाल नियमित रक्तदाता संघ रुपन्देही र रोटरी ईक्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालको आयोजनामा शनिबार वृहत रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

‘मानविय सेवामा हातेमालो अभियान’ नारासहित पुस १३ गतेबाट शुरु भएको यो अभियान रुपन्देहीका १६ वटै पालिकामा पुग्ने लक्ष्य रहेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले बताए । ‘हामी ११ वटा पालिकाहरुमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेका छौ ।’– उनले भने । तिलोत्तमा, सिद्धार्थनगरपालिका, सैनामैना नगरपालिका, ओमसतिया गाउपालिका र कंचन गाउपालिकामा कार्यक्रम गर्न बाकी रहेको उनले बताए ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष बल बहादुर पुन मगरले औपचारिक रुपमा उद्घाटन गर्दै वडाबाट विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यलाई निरन्तरता दिदै आएको बताए । समुदायमा आम नागरिक स्वास्थ्य सचेतनाको कमीका कारण धेरै जटिलता आएका उदाहरणहरु रहेको भन्दै यसलाई रोक्ने गरि सचेतनाका अभियानलाई जोड्ने काममा आफु लागेको उनले बताए ।

शिविरमा १८० जनाले स्वास्थ्य सेवा लिएको तथा निशुल्क औषधी समेत वितरण गरिएको वडा सदस्य तथा कार्यक्रमका संयोजक यमुना काउचाले बताईन । यसैगरि रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको उनले बताईन ।
वडा कार्यालय परिसरमा भएको निशुल्क स्वास्थ्य शिविरमा मानसिक रोग विशेषज्ञ डा बिक्रम काफले, ईएनटी डा सुमन पौडेल, डेन्टल डा आकृति बानिया, फिजिसियन डा पाताल गिरी, अर्थोपेडिक डा सम्राट पराजुली, डेन्टल डा मन्जु गुभाजुले सेवा सेवा दिएका थिए ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य र वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारी, सल्लाहकार राजकुमार श्रेष्ठ, जिल्ला उपाध्यक्ष भास्कर शाही, सचिव ईश्वरी प्रसाद बन्जाडेले स्वास्थ्य संवेदनशिल विषय भएको हुदा पनि सरोकारवालाको सल्लाह र सुझाव बिना उपभोग गर्न नहुने भन्दै सचेतना कार्यक्रमबाट धेरै सिकाई मिल्ने बताए ।

यसैबिच समितिका अध्यक्ष दया बहादुर सिलवालको जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र बुटवलमा ‘टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान’ नारासहित विशेष रक्तदान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?