ट्रेंडिंग:

>> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

खानेपानी र सरसफाई सम्बन्धि अभिमुखीकरण

४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

बर्दघाट, ३ जेठ ।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्थाको आयोजनामा १ दिने अभिमुखीकरण एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । आयोजना क्षेत्र भित्रका आमा समुह लक्षित खानेपानी सुरक्षा योजना सम्बन्धि अभिमुखीकरण एवम् सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शिवशक्ति आमा समुह र डाँडाटोल विकास समितिका करिव ३० जनाको सहभागिता रहेको थियो । मुहान देखी मुखसम्म शुद्ध पिउने पानी कसरी पुर्याउने र पानीलाइ किटाणु जिवाणु रहित बनाउन आवश्यक विधिहरुको बारेमा कार्यक्रममा प्रकाश पारिएको थियो ।

कार्यक्रममा सँस्थाका निवर्तमान अध्यक्ष एबम् वर्तमान सल्लाहकार धातानन्द बश्यालले सस्थाले बितरण गरेको पानी यस क्षेत्रमै गुणस्तरिय र बिस्वसनिय रहेको बताउदै सँस्थाद्वारा वितरित पानी घरमा सँग्रह गर्दा र प्रयोग गर्दा समेत गुणस्तर कायम राख्न गृहिणीहरुको प्रमुख भूमिका रहने बताएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै सस्थाका अध्यक्ष दिपक लम्सालले खानेपानीसंग बिशेषगरि महिला प्रत्यक्ष जोडिएका कारण पनि यस सस्थाले आफ्ना क्षेत्राधिकार भित्रका महिलाहरुलाई पानीको महत्व र सुरक्षा सम्बन्धी सचेतनाको आवस्यकता महसुस गरिएको बताए । उनले पानीजन्य रोगबाट बँच्न वितरित पानीको गुणस्तर कायम राख्नुपर्नेमा जोड समेत दिएका थिए ।

सँस्थाका उपाध्यक्ष कमल थापाले नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको नियमित प्रयोगशाला परिक्षण पछि मात्र वितरण गरिएको पानी उपभोग गर्ने आफ्ना घरमा पानी राख्ने भाडाहरु सफा राख्न सबैलाई आग्रह गरे । संस्थाले २४ सै घण्टा उपभोक्ताहरुलाइ पानी वितरण गरिरहेको र निरन्तर पानी संचालन गर्दा चुनौतीहरु समेत आउदा समुदायबाट निरन्तर सहयोग भईरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको संस्थाका सचिव शोभाकान्त कोईरालाले बताए ।

कार्यक्रममा सस्थाका ब्यवस्थापक बिष्णु भुषालले सस्थाको बिगत र बर्तमानको चित्रण गर्दै बिगतमा सस्थाले भोग्नु परेको समस्याहरु संग जुद्धै अहिलेको अवस्थामा आइपुगेको जानकारी गराउदै खानेपानीको सहि सदुपयोग गर्न सबैलाइ आग्रह गरेका थिए । कार्यक्रममा शिवशक्ति आमा समुहकी अध्यक्ष कमला भण्डारीले समय समयमा आयोजना हुने यस्ता सचेतनामुलक कर्यक्रमले शुद्ध पानी उपभोग र सरसफाईमा सहयोग पुग्ने बताइन् । सो कार्यक्रममा उपस्थित सहभागीहरुले सस्थाका क्षेत्राधिकार भित्र ढल ब्यवस्थापन, सार्वजनिक स्थलमा सार्वजनिक शौचालय, सार्वजनिक स्थलमा थप निशुल्क पानीको ब्यवस्था गर्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?