© २०२३
लमही ।
दाङको गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बाथ मुटु रोग तथा जन्मजात मुटु रोगको प्रारम्भिक परीक्षण (स्क्रिनिङ) अभियान सुरु गरेको छ।
गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण गरिने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले जानकारी दिए।
“हामीले यो कार्यक्रम परीक्षण मात्र नभई दीर्घकालीन स्वास्थ्य सुरक्षाको थालनीको रूपमा सुरु गरेका हौं,” अध्यक्ष पोखरेलले भन्नुभयो, “विद्यालयमै स्वास्थ्य सेवा पुर्याउने हाम्रो योजना यस कार्यक्रममार्फत कार्यान्वयनमा आएको हो।”
उनका अनुसार ग्रामीण क्षेत्रमा पनि बाथ मुटु रोग र जन्मजात मुटु रोग देखिन थालेकोले समयमै परीक्षण, सल्लाह र उपचार गराउँदा बालबालिकाको ज्यान जोगिन सक्ने विश्वासका साथ यो अभियान थालिएको हो।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा सुरु गरिएको यस अभियानअन्तर्गत गाउँपालिकाभित्रका करिब ६ हजार ६ सय विद्यार्थी, ३ सय ५० शिक्षक र अन्य गरी झण्डै ७ हजार जनाको स्क्रिनिङ गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बहादुर विकले जानकारी दिए।
स्वास्थ्य परीक्षणमा प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडे नेतृत्वको टोलीले परीक्षण गरिरहेको लुम्बिनी प्रदेश समिति संयोजक रविलाल आचार्यले बताए।
हालसम्म वडा नं. ३ को सरस्वती प्रा.वि. सुपैला, आदर्श रात्री प्रा.वि. गोबरडिहा, वडा नं. ४ को दीपेन्द्र होमजुन मा.वि., वडा नं. २ को महदेवा प्रा.वि., पहहिया मा.वि., रात्री प्रा.वि. पचहिया, वडा नं. ७ को मानपुर प्रा.वि., चन्दनपुरको सरस्वती आधारभूत विद्यालय, वडा नं. ५ को चैनपुर मावि तथा खज्रौटा प्रा.वि.मा परीक्षण सम्पन्न भइसकेको छ। बाँकी विद्यालयमा परीक्षण जारी रहेको छ। जसमध्री १० जना बालबालिकाहरु मुटुमा प्वाल परेको गम्भीर समस्या रहेको स्वास्थ्य परिक्षणमासहभागी स्वास्थ्य परीक्षणमा प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. बन्जाडेबताए ।उनका अनुसार बालबालिका आमाको गर्भअबस्थामा रहेको बेला एन्टिबायोटिक औसधि तथा मादक पदार्थ सेवनका कारण बालबालिकामा यस्तो समस्या आउने उनले बताए ।