© २०२३
दाङ,३ जेठ ।
घोराही उपमहानगरपालिका १८ का ४८ वर्षीया महिलाको पाठेघर बाहिर आएको र समय समयमा दुख्ने पनि गथ्र्यो । जन स्वास्थ्य प्रबद्र्धन शाखाले सोही वडामा रहेको स्वास्थ्य इकाइमा निशुल्क प्रजनन रुग्णता कार्यक्रम अन्तरर्गत भिआइए स्क्रिनिङ शिविर राखेको समयमा उनी परिक्षणका लागि शिविरमा आइन् । दुई छोरा र तीन छोरी घरमै जन्माएकी उनलाई प्रजनन् स्वास्थ्यका विषयमा कुरा गर्न पनि लाज लाग्ने गरेको बताइन् । घर छेउमा शिविर संचालन भएकाले छिमेकीको साथमा उनी त्यहाँ पुगेकी थिइन् । स्वास्थ्यकर्मीले उनको पाठेघरमा रिङ राखिएपछि उनले भनिन् , कस्तो सजिलो भयो हिडडुल गर्न पनि समस्या भएको थियो । गाउँघरका महिला अझैपनि प्रजनन् स्वास्थ्यका विषयमा खुलेर कुरा नगर्ने, लाज मान्ने र रोग लुकाएर राख्ने प्रवृति रहेको छ ।
सोही वडाकी ३३ वर्षकी महिलाको पाठेघर दोस्रो स्टेजमा तल झरेको रैछ । स्वास्थ्य शिविरमा परिक्षण गर्दा थाहा भयो । तीन छोराछोरीका आमा उनलाई स्वास्थ्य परिक्षण गर्न जानलाई गाडी भाडा थिएन । अटो रिक्साले आठ सयदेखि एक हजारसम्म लिने गर्छ रुटमा चल्ने गाडी छैनन् । घरदेखि टाढाको सामुहिक धाराबाट पानी बोक्नुपर्छ । दैनिक उकाली ओराली र डोकोमा पानी बोक्दाबोक्दै उनको पाठेघर झरेको स्वास्थ्यकर्मीले अनुमान गरे । गहौै काम नगर्नु, घरमा आराम गर्न सल्लाह दिएका छन् ।
जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख राधा पौडेलले दुर्गम ठाउका महिलाहरु आफ्नो स्वास्थ्य प्रति सचेत हुनुपर्ने र स्वास्थ्य सचेतनाका लागि गाउँ गाउँमा शिविरको आयोजना गरिएको बताइन् । दिनभरिको काम, महङो गाडिभाडा भएकाले घोरदौराका महिलाको घर आगन मै सेवा दिइएको उनको भनाइ छ । वडा कार्यालयको समन्वयमा दुर्गम ठाँउमा स्वास्थ्य शिविर राखेर प्रजनन् स्वास्थ्यका साथै प्रजनन् अंगहरुको सरसफाईका कुराहरु सिकाउने गरेको बताइन् ।
घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाहरु घरमै काममा ब्यस्त हुने र स्वास्थ्य समस्यालाई लुकाउने गरेका कारण पछिल्लो समय पाठेघर मुखको क्यान्सर हुनेको संख्या बढ्दै गएको बताइन् ।
समयमै परिक्षण गरेर रोग लाग्नबाट वच्न सकिने भएकाले वडा वडामा प्रजनन स्वास्थ्य शिविर राखेको जानकारी दिइन् । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा प्रत्येक बिहीबार यो सेवा निशुल्क दिइरहेको छ, उनले भनिन्, क्यान्सर जस्तो प्राणघातक रोगलाइ समयमा पत्ता लगाउने हो भने उपचार सम्भव भएकाले समय समयमा स्वास्थ्य परिक्षण गनुपर्छ । उनले भनिन्े,‘ साढे दुई वर्ष भन्दा धेरै भयो पाठेघरको मुखको स्क्रनिङ गरेर स्वास्थ्य परिक्षण गर्न थालेको दुई सयभन्दा बढी महिलाको पाठेघर मुखको क्यान्सर पत्ता लागेको छ’। पहिलो, दोस्रो अवस्थाका क्यान्सर निको हुने भएकाले समयमा रोग पत्ता लगाउने र महिलाको स्वास्थ्य वचाउने अभियान रहेको बताइन् ।
मनोसामाजिक परामर्शकर्ता शुसिला आचार्यले स्वास्थ्य समस्याका कारण मनोरोगको समस्या देखिने भएकाले स्वास्थ्य शिविरमा मनोपरामर्श दिने गरेको बताइन् । उनीहरु आफ्नो रोग खुलेर आउन नचाहने महिलाहरुलाई परामर्शबाट सकारात्मकता तिर लैजाने गरेको बताइन् ।
घोराही १८ का वडा अध्यक्ष भरत अर्यालले पहाडिभेगका महिलाहरुलाई स्वास्थ्य संस्था पुग्न समस्या हुने भएकाले महिला आफ्नो स्वास्थ्यप्रति सचेत गराउन शिविर राख्ने गरेको बताए ।
रोग लुकाएर होइन, समयमै सचेत भएर स्वास्थ्य सेवा लि र सरसफाइमा ध्यान दिन आग्रह गरे ।
शिविरमा घोरदौरामा रहेको तीन वटा टोलका २९ जना महिलाले सेवा लिएका थिए । परिक्षण गरेका मध्ये धेरै जसो महिलाहरुलाई सेतो पानी बग्ने,चिलाउने जस्ता समस्या देखिएको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख राधा पौडेलले जानकारी दिइन् । पाठेघर खसेका ८ जना, १ जना पोजेटिभ अर्थात सम्भावित पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्ष्यण देखिएकोे थियोे । दुई जनाको पाठेघरमा रिङ राखिएको जानकारी दिए ।