ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

नेपालगन्जमा करिव एक दशकपछि भयो मुशायरा

३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

नेपालगञ्ज, ३ जेठ ।

जिन्दगी और साथ थोडा दे
देश अपना हमे बनाना है

जिन्दगीको ८८औँ वसन्तमा रहेका शौक नेपालीका नामले प्रसिद्धि कमाएका अब्दुल लतिफ शौकले आफूभन्दा पाँच दशक कान्छा गजलकार लक्ष्मण सँगमसेत सहभागी मुशायरामा गजलको यो शेर सुनाउँदा हल तालीले गुन्जियो ।

नेपालगन्जमा लामो समयपछि शुक्रबार मुशायरा आयोजना गरिएको थियो । नेपालगन्जका उर्दुभाषी शायरहरु एवं नेपाली भाषी चर्चित गजलकारहरु एकसाथ मुशायरामा प्रस्तुत भएका थिए । नेपलगन्जमा यस्तो मुशायरा करिब एक दशकपछि भएको हो । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा भएको उक्त मुशायरामा ११ जना शायर तथा गजलकारहरुले नेपाल तथा भारतका मुशायरा पारखीहरुमाझ आफ्ना छानिएका रचनाहरु सुनाए ।

नेपालगन्जका साहित्यकार, राजनीतिकर्मी, चिकित्सक तथा अन्य पेशाकर्मीहरुले लामो समयपछि शहरमा मुशायराको आनन्द लिन पाइएको भन्दै खुसी व्यक्त गरे ।

मुशायरामा शौक नेपालीसँगै उर्दुभाषी शायरहरु शैयद नेपाली, मुस्तफा अहसन कुरैसी, जमिल हाशमी, अन्सर नेपाली, सर्वर नेपाली र मो. आरिफ अन्सारीले आफ्ना उत्कृट गजलहरु सुनाए । यसैगरी डा. निरज भट्टराई, हुकुम धड्कन र लक्ष्मण सँगमले नेपाली भाषामा र सविन एकतारेले नेपाली तथा अवधी भाषमा गजल सुनाए । हुकुम, अन्सर र शैयदले गायनमा पनि गजल सुनाएका थिए ।

कार्यक्रममा साहित्यिक कार्यक्रममा विरलै सहभागी हुने व्यक्तिहरु पनि सहभागी भएका थिए । उनीहरुले मुशायरामा उच्च कोटीका गजलहरु सुन्न पाइएको प्रतिक्रिया दिए ।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार, सम्पादक एवं साहित्यकार नगेन्द्रराज शर्मा, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, वरिष्ठ कथाकार सनत रेग्मी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, डा. हरि तिमिल्सेना, प्राज्ञ शभा सदस्य शशीराम कार्कीसमेतको उपस्थिति रहेको थियो ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बिपी अस्तुले समाजले आयोजना गर्दै आएको कविता श्रवणको श्रृंखला काव्यगन्जको तेस्रो अंकमा मुशायरा आयोजा गरिएको जानकारी दिए ।

यसैगरी सोही कार्यक्रममा विगत ५४ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका अभिव्यक्तिका संस्थापक सम्पादक नगेन्द्रराज शर्मा र विगत ३२ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको शिवपुरी सन्देश पत्रिकाका प्रकाशक सम्पादक तथा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीका अनुभवहरु पनि सुनिएको थियो । स्रष्टा समाजकै विमर्श बिन्दु नामक अन्तक्रियात्मक कार्यक्रमको पाँचौ अंकमा शर्मा र वियोगीका अनुभवहरु सुनिएका हुन् । समाजका अध्यक्ष बिपी अस्तुले सहजीकरण गरेको उक्त कार्यक्रममा शर्मा र बुढाथोकीले साहित्यिक पत्रिका सुरु गर्दाका र त्यसलाई निरन्तरता दिँदाका अनुभवहरु साझा गरेका थिए ।

साँझबाट सुरु भएर रातभर चल्ने गजल कार्यक्रमलाई उर्दूमा मशायरा भन्ने गरिन्छ । नेपालगन्जमा विक्रम सम्वत् २०३३ सालदेखि मुशायरा सुरु भएको मानिन्छ । कुनैबेला हरेक महिना नेपालगन्जमा भव्य मुशायरा भइरहन्थे । नेपालगन्जको एकलैनीस्थित मुशाफिर खानामा अबेर रातिसम्म ‘वाह–वाह’ गुन्जिन्थ्यो । दशवर्षे सशस्त्र द्वन्द्वका समयमा राति कार्यक्रम गर्न सक्ने अवस्था भएन । त्यसपछि नेपालगञ्जमा साहित्यिक गतिविधि पातलिँदै गएका शायर मुस्तफा अहसन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?