ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन

ईलिट जेआर र बुटवल १९ बीच उपाधि भिडन्त

३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

बुटवल, ०३ जेठ ।
बुटवलमा जारी उज्जवल युवा क्लब नकआउट क्रिकेट कप २०८२ को उपाधिका लागि ईलिट जेआर क्लब र बुटवल–१९ भिड्ने भएको छ । बिहीबार भएको पहिलो सेमीफाईनलमा जेआरले आयोजक उज्जवल युथ क्लबलाई २५ रन तथा दोस्रो सेमीफाईनलमा बुटवल–१९ ले वेष्ट्रन क्रिकेट क्लबलाई ३ बिकेटले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । फाईनल खेल शनिबार हुनेछ ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा उज्जवल युवा क्लबको आयोजनामा बिहीबार भएको बुटवल –१६ स्थित नरेश्वर खेलमैदानमा उज्ज्वले टस जितेर ब्याटिङको निम्तो दिएपछि मैदान उत्रेको इलिट जेआरले निर्धारित १६ ओभरमा १४६ रनको लक्ष्य खडा गरेको थियो । ईलिट जेआरका रूपेश कुर्मीले ३९, अजमल अलीले ३२ तथा रामनाथ कुर्मीले २५ रनको योगदान दिए । उज्जवलका ईमरान खान र सुरज सारुले समान ३–३ बिकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको उज्जवल निर्धारित १६ ओभरमा सात विकेटको नोक्सानीमा केवल १२१ रनमात्र जोड्न सफल भयो । उसका लागि महेश खड्काले २९ तथा राकेश कुमार गुप्ताले १९ रनको योगदान दिए । कम स्कोरमा रोक्न ईलिट जेआरका तुल बहादुर थापा र शिवशंकर धवलले समान २–२ विकेट लिए । खेलमा जेआरका रूपेश कुर्मी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरी दोस्रो खेलमा टस जितेर वेष्ट्रनले ब्याटिङ रोज्दै निर्धारित १६ ओभरमा १२२ रनको लक्ष्य खडा गरेको थियो । जसमा विपिन खत्रीले २८ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । बुटवलका डेभिड थापाले ४ विकेट लिए । कम स्कोरलाई बुटवल १९ ले ७ बिकेटको नोक्सानीमा भेटायो । बुटवलका अजय पाण्डेले अर्धसतक पुरा गरे । उनले ५८ रनको योगदान दिए । वेष्ट्रनका सुरज सिहले ४ बिकेट लिए ।  खेलमा बुटवलका डेभिड थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ५१ रूपैयासहित ट्रफी र मेडल, उपविजेताले नगद २५ हजार ५ सय २४ नगदबाट पुरस्कृत हुने क्लबका अध्यक्ष पंकज शर्मा गौतमले बताए । यसैगरि विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ३३३ रूपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई समान १ हजार ५५५ रूपैयाँ नगद राशीसहित पुरस्कार प्रदान गरिने सचिव विवेक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?