ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

२४ औ स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग

२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

बुटवल, २ जेठ । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्नो २४ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन कपिलबस्तु शाखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच क्लबका एजी जिवन अर्याल, अध्यक्ष शिव ज्ञवाली, संस्थापक सदस्य ऋषि बहादुर भण्डारीले नेपाल बाल संगठन कपिलबस्तुका अध्यक्ष गोपाल ज्ञवालीलाई २५ हजार रुपैया बराबरको खाद्यान्न र नगद ५ हजार रुपैया हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा क्लबका एजी जिवन अर्यालले बालगृहको पूर्वाधारमा सरकारबाट आवश्यक सहयोग भएपनि ब्यवस्थापनमा कठिनाई रहेको विषयमा यसअघि ज्ञान नरहेको भन्दै आगामी दिनमा सबैको सहयोग जुटाउन लाग्न सुझाव दिए । आफै क्षेत्रमा रहेको
कार्यक्रममा नेपाल बाल संगठन कपिलबस्तुका अध्यक्ष गोपाल ज्ञवालीले बालमन्दिर देशकै दोस्रो ठुलो धनि संस्थाका रुपमा पहिचान बनाएको भएपनि आश्रित बालबालिकाहरुलाई ब्यवस्थापनमा धेरै कठिनाई रहेको बताए । बिसं २०५९ सालदेखि द्धन्द्धकालमा घर छोड्न बाध्य रहेका परिवारका बालबालिकाहरुलाई आश्रय दिएको ईतिहास भएको उनले बताए । काठमाण्डौ नक्सालमा मुख्य कार्यालयसहित देशका १० स्थानमा बालगृहका शाखाहरु रहेको उनले बताए । कतिपय बालबालिकाहरु पुर्नस्थापित भएको उनले बताए । कक्षा १२ सम्म पढ्न ब्यवस्था गरिदिने र त्यसपछि उनिहरुलाई समाजमा आयआर्जनमा जोड्ने काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा पूर्वअध्यक्ष भिमलाल श्रेष्ठले आगामी दिनमा रोटरीको सहकार्यमा शैक्षिक सामाग्री, स्वास्थ्य शिविर, न्यानो कपडा र छात्रवृत्ति प्रदानका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले स्थापना दिवस कपिलबस्तुमा पर्यटन प्रवद्र्धनका लागि फेलासिप कार्यक्रमसंगै सामाजिक क्षेत्रमा रहेर बालगृहमा सहयोग गरेको बताए । बालगृहमा ३० जना आश्रित छन ।

पर्यटन प्रर्वद्धनमा जोड दिदै रोटरी डाउनटाउनले मनाईयो स्थापना दिवस

रोटरी क्लब अफ बुटवल डाउनटाउनको २४ औ चार्टर नाईट तथा ११ औ बोर्ड बैठक कपिलबस्तुको राजापानीमा सम्पन्न भएको छ । क्लबले स्थापना दिवसमा पर्यटन प्रवद्र्धनसंगै सामाजिक कार्य र फेलासिपसहितको कार्यक्रम कपिलबस्तुको राजापानीमा विहिबार गरेको हो ।

एक समारोहका बिच क्लबका एजी जिवन प्रसाद अर्यालले औपचारिक उद्घाटन गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन हुने गरि महत्वपूर्ण कार्यक्रम भएको बताए । यस क्षेत्रकै निक्कै क्रियाशिल र गतिशिल क्लबका रुपमा डाउनटाउन रहेको भन्दै सदस्यहरुलाई एकतावद्ध गरि उत्साहपूर्ण कार्यक्रमहरु गर्न सफल भएको बताए ।

यसैबिच क्लबका अध्यक्ष शिव ज्ञवालीले २४ वर्षको ईतिहासमा गरिएका मुख्यमुख्य कामको स्मरण गरे । डिष्ट्रिक ग्लोबल ग्राण्डका रुपमा क्लबबाट गौतम बुद्ध मुटु अस्पताल पहिलो परियोजना ल्याएको उनले बताए । यसैगरि आम्दा अस्पतालमा एनआईसियु, गार्डेन तथा थप विविध परियोजना शुरु गरेको बताउदै फेरि पनि आम्दामा सुत्केरीलाई लक्षित गरि उपचारमा आईसियु संचालनको परियोजना अगाडी बढेको उनले बताए । पब्लिक ईमेजमा एक सय बढि कार्यक्रमहरु गर्न सफल भएको तथा रोटरीको सेभेन फोकस एरियामा धेरै कामहरु भएको उनले बताए । शतप्रतिशत सदस्य रिटेन तथा थप नया सदस्य बढाउन सफल भएको उनले बताए । समय ब्यवस्थापन गर्दै संस्थालाई जीवन्त बनाउने गरि अगाडी बढ्न सफल भएको उनले बताए ।

कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट बाबुराम बन्जाडेले आफनो अध्यक्षतामा वर्ष २०२५÷२०२६ का लागि ३० सदस्यीय नया बोर्डको नामावली सार्वजनिक गरेका छन । जसको आईपिपि शिव ज्ञवाली, प्रेसिडेन्ट इलेक्ट धर्मदत्त ज्ञवाली, पे्रसिडेन्ट नोमिनी डिबि रायमाझी, भिपि प्रथम सुविता सैजू, भिपी सेकेण्ड प्रकाशराज पौडेल, भिपी थर्ड प्रेमा केसी, भिपी फोर्थ मनोज भुषाल, भिपी फिप्ट नरेश्वर पौडेल, सचिव केशव बश्याल, कोषाध्यक्ष द बहादुर क्षेत्री, सहसचिव भानु केसी, सहकोषाध्यक्ष यमन श्रीष लगायत रहेका छन । रोटरीको नया वर्षको नारा राम्रोका लागि एकता (युनाईट फर गुड) अनुसरण गरि विविध रचनात्मक कार्यमा सहकार्य हुने उनले बताए ।

यसैबिच संस्थालाई क्रियाशिल बनाउन योगदान दिएका चार्टर सदस्य ऋषि बहादुर भण्डारीसहित पुर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा ग्लोबल कमिटिका चेयर तथा क्लबका पूर्वअध्यक्ष राजेन्द्र ढकालले २००२ मा स्थापना हुदाको समय स्मरण गर्दै प्रतिष्ठित ब्यक्तिहरुलाई समेटेर गठन भएको स्मरण गरे ।

क्लबका मनिटेर तथा पूर्वअध्यक्ष नर बहादुर श्रीषले सर्भिस र फलोसिपमा अघि बढ्ने क्लब हुदा पनि यसको आफ्नो लक्ष्यमा सफल रहेको उनले बताए । विभिन्न पेशा, ब्यवसायमा आवघ्द सदस्यहरुबाट थोरैथोरै सहयोग जुटाएर सामाजिक कार्य गर्दै आएको उनले बताए ।

चार्टर सदस्य ऋषि बहादुर भण्डारीले स्थापनाकालको स्मरण गर्दै ३६ जना संस्थापकबाट शुरु भएको बताए । सामाजिक भावनाका साथ स्थापना भएको क्लब आफ्नो लक्ष्य अनुसार सफल भएको उनले बताए । संस्थालाई २५ हजार रुपैया सहयोग गर्ने बचन दिए ।

कार्यक्रममा रोटरी क्लब बुटवलका अध्यक्ष प्रज्जवल थान्जु, रोटरी क्लब अफ क्यापिटल बुटवल विजय खनाल, रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलडा बिक्रम काफ्ले, क्लबका पुर्वअध्यक्ष भिमराज श्रेष्ठ, पुर्वअध्यक्ष बिमलराज भट्टराई, पिताम्बर ज्ञवाली, सचिव कमल नेपाल, सहसचिव प्रेमा केसी, आरसी भिलेज देवदहकी सावित्रा बश्यालले शुभकामना ब्यक्त गरे ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?