Butwal Today

१९ वर्षमुनिको साफ फुटबल: सेमिफाइनलमा नेपाल आज बङ्गलादेशसँग भिड्दै

२ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।
१९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको पहिलो सेमिफाइनल खेलमा नेपालले आज बङ्गलादेशको सामना गर्दैछ। खेल भारतको गोल्डेन जुब्ली स्टेडियममा दिउँसो ३:४५ बजे सुरु हुने तालिका छ।

नेपाल समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुगेको हो भने बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणमा नेपालले श्रीलङ्कालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो। उता बङ्गलादेशले माल्दिभ्ससँग बराबरी खेलेको र भूटानमाथि जित निकालेको थियो।

यस प्रतियोगिताको दोस्रो सेमिफाइनल आजै राति ७:४५ बजे भारत र माल्दिभ्सबीच हुनेछ। नेपालले सन् २०१५ मा पहिलो संस्करणको उपाधि जितेको इतिहास छ। यद्यपि पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग नै पराजित भएको थियो, जसको पुनः सामना आजको सेमिफाइनलमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?