Butwal Today

रुखले च्यापिएर १४ वर्षीया बालिकाको मृत्यु

२ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

चन्द्रौटा, २ जेठ ।

कपिलवस्तुमा रुखले च्यापिएर एक बालिकाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका-८, मैनिहवाकी १४ वर्षीया सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको हो ।

हावाहुरी चलेको बेला बगैँचामा आँप टिप्न गएकी उनको रुखले च्यापिएर शुक्रबार दिउसो मृत्यु भएको हो प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले बताए ।

प्रहरीका अनुसार घाइते केवटलाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।