© २०२३
बुटवल ।
नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदनकुमार भण्डारी र कुशल संगठक जिवराज आश्रितको ३२औं स्मृति दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मदन आश्रित स्मृति अक्षयकोष रुपन्देहीले उक्त कार्यक्रम आयोजना गरेको हो । मदन आश्रितको स्मृतिमा हरेक वर्ष कोषले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको र यो वर्षपनि रक्तदान कार्यक्रम सम्पन्न गरिएको कोषका सचिव बालकृष्ण पाण्डेले बताए ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा जेठ १ गते बिहान ८ बजेदेखि पुष्पलाल स्मृति भवन सुख्खानगरमा सुरु भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य गुमादेवि आचार्यले मदन भण्डारीले प्रतिवादन गर्नुभएको जनताको बहुदलीय जनवाद अनुसार नै मुलुक अगाडि बढिरहेको बताइन् ।
उनले मदन र जिवराजले पार्टीमा अमूल्य योगदान गर्नुभएको र उहाँले प्रतिपादन गरेको विचारलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिएर अगाडि बढेको बताएकी थिइन् । कार्यक्रममा मदन आश्रित स्मृति अक्षयकोषका अध्यक्ष भरतराम भट्टराई र सचिव बालकष्ण पाण्डेले पनि मदन भण्डारी र जीवराज आश्रितको योगदानमाथि प्रकाश पारेका थिए ।
मदन आश्रित स्मृति अक्षय कोषले स्मृति दिवसको अवसरमा जेठ २ गते शुक्रवार मानवसेवा आश्रममा आश्रीतहरुलाई भोजन प्रदान गर्ने तथा ३ गते शनिवार साधारणसभासंगै गरिव तथा जेहन्दार २४ जना विद्यार्र्थीलाई छात्रवृत्ति प्रदान र स्मृतिमा मदन आश्रित विषयक कार्यपत्र प्रस्तुत गर्ने तयारी गरिएको सचिव पाण्डेले जानकारी दिए ।