Butwal Today

उपेन्द्र यादवले भने, ‘भूमि सबन्धी विधेयकको विरोध रहन्छ’

२ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २ जेठ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सबन्धी विधेयकको विरोध गर्ने जनाएका छन् ।केपी ओली सरकारले भूमि सबन्धी अध्यादेश विरोधका कारण फिर्ता लिए पनि पुनः विधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले बिरोध जनाएका हुन् ।

‘भूमि सबन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरी वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तीनै प्रावधान राखेर सरकारले  भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’