Butwal Today

४३.१ प्रतिशत विद्यालयहरूमा मात्र इन्टरनेट पहुँच

२ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २ जेठ ।
सरकारले ९५ प्रतिशत विद्यालयमा इन्टरनेट पुर्‍याउने लक्ष्य लिएको भए पनि हालसम्म मात्र ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा पुगेको पाइएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा यो तथ्य उल्लेख गरिएको हो।

शिक्षामा प्रविधि समावेश गर्ने सरकारी घोषणासँग विपरीत रूपमा इन्टरनेट पहुँचको अवस्था कमजोर देखिएको छ। प्रतिवेदनअनुसार, माध्यमिक तहमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २.७ प्रतिशत मात्र रहेको छ। उच्च शिक्षामा भने प्राविधिक विषय अध्ययन गर्नेको अनुपात २०.७२ प्रतिशत पुगेको छ।

यस्तै, काम गर्ने उमेर समूहमा प्राविधिक तथा व्यावसायिक तालिम प्राप्त जनसंख्या ३८ प्रतिशत रहेको विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ।