ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

विद्युत अवरुद्धपछि प्राधिकरणको स्पष्टीकरण : “चिन्ता लिनु पर्ने अवस्था छैन”

२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

काठमाडौं, २ जेठ ।
बिहीबार देशका विभिन्न स्थानमा अचानक विद्युत् आपूर्ति अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणले घटनाबारे स्पष्ट पारेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले यस्ता समस्यालाई अत्याधिक नठान्न आग्रह गर्दै प्रसारण प्रणालीलाई उत्पादनको गति अनुसार सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शाक्यले ढल्केबर–वसन्तपुर र ढल्केबर–नवलपुर ४०० केभी लाइनमा रुखका हाँगाहरूले ठक्कर दिँदा प्रणालीमा समस्या आएको जानकारी दिए। तीव्र हावाहुरीका कारण चक्रवातजस्तो स्थिति सिर्जना भएको र एकैपटक धेरै ठाउँमा लाइन अवरुद्ध भएपछि सिस्टम अस्थिर बनेको उनले बताए।

“हिजो ६:३८ मा दुईवटा लाइन एकसाथ बन्द हुँदा सम्पूर्ण प्रणाली प्रभावित भयो,” शाक्यले भने, “त्योबेलाको अवस्था विश्लेषण गरेर भारतसँग समन्वय गरी समस्या समाधान गरियो।” उनका अनुसार समस्या पहिचानका लागि दुईवटा कोड भारत पठाएर ट्रान्समिसन लाइन परीक्षण गरिएको थियो, जसले केही समय लागेको हो।

शाक्यले प्रणाली सुधारका लागि तीन तहको योजना (तत्कालीन, एक वर्षभित्र र दीर्घकालीन) तय गरिएको र सम्बद्ध विभागहरूसँग छलफल भइसकेको जानकारी दिए। “विद्युत् उत्पादनमा वृद्धि भए पनि प्रसारण प्रणाली त्यसको तुलनामा कमजोर भयो भने यस्ता समस्या आउन सक्छन्,” उनले स्पष्ट पारे, “तर अब प्राधिकरण अझ चुस्त हुँदै अघि बढ्छ। चिन्ता लिनुपर्ने अवस्था छैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?