ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अतुलनीय

२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

सल्यान, ०२ जेठ ।

प्राथमिक स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउनका लागि सल्यानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि तालिम सुरु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा १० दिने आधारभूत तालिम बिहीबारदेखि सुरु भएको हो । यसअघि तालिम प्राप्त नगरेका छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राथमिक स्वास्थ्य सेवा, पोषण, सरसफाइ, मातृशिशु स्वास्थ्य, रोग पहिचान र प्रारम्भिक उपचार सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्य सहित तालिम संचालन गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यान र छत्रेश्वरी गाउँपालिकाको संयुक्त आयोजनामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश समन्वय परिषद्का सदस्य तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले प्राथमिक स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरूको भूमिका अतुलनीय भएको बताए । घरघरमा पुगेर स्वास्थ्य शिक्षा दिने, गर्भवती र सुत्केरी महिलाको ख्याल राख्ने, बालबालिकाको खोप सुनिश्चित गर्नेजस्ता कार्यमा स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहँदै आएको भन्दै उनले यस प्रकारको तालिमले स्वयंसेविकालाई सक्षम र आत्मविश्वासी बनाउने अपेक्षा व्यक्त गरे । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले तालिममार्फत थप दक्ष बनेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरूले अझ प्रभावकारी सेवा दिने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य निरीक्षक कविता खनालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै विगतमा सहस्राब्दी विकास लक्ष्य हासिल गर्नमा पनि उल्लेखनीय योगदान रहेको बताइन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका कार्यक्रम संयोजक थलराज डिसीले तालिमको उद्देश्यबारे जानकारी गराउँदै महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको पहिलो सम्पर्कबिन्दुको रूपमा रहने भएकाले गाउँस्तरमै आधारभूत स्वास्थ्य सेवा, जानकारी र सल्लाह दिएर विशेष गरी दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन तालिमले सहयोग पुर्याउने बताए ।

तालिममा जम्मा १७ जना सहभागी छन् । पाँचजना शारदा नगरपालिकाबाट र १२ जना छत्रेश्वरी गाउँपालिकाबाट तालिममा सहभागि रहेको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिए । तालिम उद्घाटन कार्यक्रममा शारदा नगरपालिका स्वास्थ्य शाखाका उपसंयोजक अनुलक्ष्मी थापा, छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखाका पहेन विमला डाँगी लगाएतको सहभागिता रहेको थियो । तालिमको सहजकर्ताको रूपमा छत्रेश्वरी गाउँपालिकाका सिअहेव वीर बहादुर वली र सिअनमी कोपिला परियार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?