© २०२३
लुम्बिनी, २ जेठ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ०६ लोखडिया स्थित भैरहवा(तौलिहवा हुलाकी सडकखण्डमा हिजो करिब १२ बजे रातीको समयमा भैरहवाबाट तौलिहवातर्फ जादै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरित दिशाबाट आउँदै गरेको भारतीय युपि ५३ डिएक्स ५२१४ नं.को कार एकआपसमा ठोकिएर दुई जनाको मृत्यु भएको लुम्बिनी इलाका प्रहरी कार्यालय निरक्षक दिपक मगराठीले जानकारी गराएका थिए ।
मृतक भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगर बस्ने वर्ष ३७ को कृष्ण चन्द्र मौर्य रहेको आधार कार्डबाट खुल्न आएको थियो र एक जना मृतकको नाम ठेगाना खुलेको छैन र घाईते चालक भारत जिल्ला अम्बेटकरनगर बस्ने वर्ष ३५ को नगेन्द्र बर्मा रहेको थिए । मृतकलाई पोष्टमार्टमका लागि भैरहवा लगिएको र घाईतेको उपचार भिम अस्पताल भैरहवामा भइरहेको मगराठीले जानकारी गराए।
लु १ ज ४७२० नम्बरको पिकअपमा चालकसहित पाँच जना सवार रहेको जिल्ला रुपन्देहीको सम्मरिमाई गाउँपालिका—४ मोतिपुर बस्ने वर्ष १८ को दिपेन्द्र कहारको टाउकोमा चोट लागेको र आवस्था गम्भिरहेको त्यही गाँउका बस्ने वर्ष २३ को चन्द्रमान कहारको अवस्था समान्य रहेको, चालकसहित तीनै जानको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।