Butwal Today

बंगालको खाडी र अरब सागरको हावा नेपालमा, वर्षा र हिमपात हुने सम्भावना

२ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखााका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ

महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिउँसो: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। अनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्चप हाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

आज राति: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। अनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बांकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?