Butwal Today

एकै पटक ३ हजारले बढ्यो सुनको मूल्य

२ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २ जेठ ।

आज सुनको मुल्यमा एकैपटक ३ हजार रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार रूपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको  छ। हिजो तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । हिजो १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।