ट्रेंडिंग:

>> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु

यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह

१ जेष्ठ २०८२, बिहीबार
१ जेष्ठ २०८२, बिहीबार

काठमाडौं, १ जेठ ।

काठमाडौंमा सक्रिय नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह पक्राउ परेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो।

बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ मसेल घर भई तारकेश्वर नगरपालिका–२ देवीचोक बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी, मकवानपुर कैलाश गाउँपालिका–२ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २३ वर्षीया अञ्जु खत्री र ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २८ वर्षीय निर्मल खड्का रहेका छन्।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार बयलकोटी गिरोहका मुख्य नाइके हुन्। खत्री र खड्का उनका सहयोगी रहेको बस्नेतले बताए। उनीहरूले विभिन्न सरकारी, शैक्षिक संस्थाबाट जारी हुने शैक्षिक प्रमाण पत्र, मार्कलिष्टलगायत नम्कली बनाउने गरेका थिए। उनीहरूले गैरसरकारी, बैंक तथा वित्तीय संस्था, राजनीतिक पार्टीलगायतको लेटरप्याड र छाप बनाउने गरेका थिए।

त्रिभुवन विश्वविद्यालयको विभिन्न तहको सर्टिफिकेटसमेत उनीहरूले बनाउने गरेको भेटिएको छ। ‘जग्गा धनीपूर्जा, सवारी चालक अनुमति पत्र, स्थानीय तहको सिफारिस पत्र, राजनीतिक पार्टीको लेटर प्याड, बैंकहरूको स्टेटमेन्ट, मेडिकल रिपोर्ट, बिहे दर्ताको प्रमाण पत्र लगायत नक्कली बनाउने गरेको खुलेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पत्रकार सम्मेलनमा भने।

बयलकोटी विगत सात वर्षदेखि तारकेश्वरमा कोठा भाडामा लिएर नक्कली प्रमाण पत्र बनाउन सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले नक्कली कागजात इडिट तथा डिजाइन गर्न खत्री र खड्कालाई तलब दिएर राखेका थिए।

’१० हजारदेखि १५ हजारसम्म मासिक तलब दिएर काममा लगाएको पाइएको छ,’ बस्नेतले भने। उनीहरूले जापानमा विद्यार्थी भिषामा जाने व्यक्तिहरूको लागि सहकारी संस्थाको स्टेटमेन्ट बनाएर कुरियर गरी जापान पठाउने गरेका थिए।

यस्तै, डिपेन्डेन्ट भिसा प्रयोजनका लागि ‘म्यारिज सर्टिफिकेट’ बनाउने काम पनि उनीहरूले गर्थे। ‘वर्किङ भिषामा जापान जानेहरूको विभिन्न तहको शैक्षिक प्रमाण पत्र बनाउने गरेको भेटिएको छ,’ आचार्यले भने। यसैगरी, उनीहरूले विदेशमा बस्ने नेपाली नागरिकहरूको पिआर तथा ग्रीन कार्ड एप्लाई गर्नको लागि मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल र वीर अस्पताललगायतको नक्कली मेडिकल कार्ड बनाइदिने गरेका थिए।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले माइग्रेसन सर्टिफिकेट ४२ थान, क्यारेक्टर सर्टिफिकेट ६० थान, एकेडेमिक ट्रान्सक्रिप्ट ११० थान, म्यारिज रजिष्ट्रेसन सर्टिभिकेट ५ थान, प्रोभिजनल सर्टिफिकेट ५० थान बरामद भएको छ।  यस्तै, जग्गा धनी प्रमाण पुर्जा १०, सहकारी संस्थाको लेटरप्याड १७, वार्षिक आम्दानीको विवरण ७ थान, लेमिनेसन मेसिन १, हिटिङ मेसिन २, डाई कटर १, सहकारी संस्थाको स्टेटमेन्ट १७, विभिन्न स्थास्थ्यको सिफारिस २, बैंकहरूको स्टेटमेन्ट १०० पाना, स्थानीयको तहको सिफारिस पत्र २०, विभिन्न सरकारी, गैरसरकारी, संघ(संस्था, पार्टी कार्यालयको छाप तथा व्यक्तिगत दस्तखतलगायतका स्ट्याम्प प्याड ३५५ थान बरामद भएको आचार्यले बताए।

यसैगरी, मनिटर २ थान, सिपियु २ थान, माउस २ थान, प्रिन्टर ३ थान, खाली स्ट्याम्प १५०, स्ट्याम्प मेसिन १, मोबाइल ७ र अस्पतालका मेडिकल कार्ड २ थान बरामद भएको छ। पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?