ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

मणिग्राममा जब दुई सवारी जुधे……….

तिलोत्तमामा सडकमै सडक दुर्घटना न्युनिकरण अभ्यास, सड नाटक नृत्य र सचेतनाका कार्यक्रम गरिए ।
१ जेष्ठ २०८२, बिहीबार
१ जेष्ठ २०८२, बिहीबार

बुटवल, १ जेठ । बुधबार तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा एकाएक दुई वटा मोटरसाईकल ठक्कर खायो । दुई वटा मोटरसाईकलमा बिना हेल्मेट हेलचेक्राई गरि हाक्दै गरेका ३ जना दुर्घटनामा परे । तत्कालिन केही मोटरसाईकल चालकहरु घटनाबारे जानकारी दिन थाले । कतिपय घाईतको फोटो, भिडियो बनाउदै गरेको दृश्य देखिए । दुर्घटना क्षेत्रमा स्थानियहरुको बाक्लो उपस्थिती भयो । प्रहरी घटनास्थलमा आए । घाईतेहरुलाई एम्बुलेन्समा राखेर अस्पतालतिर लगियो ।
यसरी वास्तविक घटनाको झल्को दिने मणिग्राम चोकमा दुर्घटनाको नाटक गरिएको थियो । घटनास्थलमा प्रहरीको आगमन, एम्बुलेन्समार्फत घाईतको उद्धार, प्रहरीद्धारा घटनास्थलको सिल गर्ने, मुचुल्का उठाउने लगायत सडक दुर्घटनापछि हुने कामहरुलाई नाटकमार्फत देखाईयो ।

तिलोत्तमा नगरपालिका, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल लुम्बिनी प्रदेश, रुपन्देही जिल्लाको सहकार्यमा सुरक्षित यात्रा नेपालले ट्राफिक सचेतना रयाली तथा सडक दुर्घटना न्यूनिकरण अभ्यास गरेको हो । नेपालमा वर्षेर्नी २ हजार ६ सय बढीको सडक दुर्घटनामा मृत्यु हुन्छ । दुई हजार सात सय जना घाईते तथा अंगभंग हुने सरकारी तथ्याक छ । विश्वमा मृत्युको कारणमा ८ प्रतिशत दुर्घटनाबाट हुने गरेको मानिन्छ । यही सडक दुर्घटना न्युनिकरण गर्ने तथा सडक दुर्घटना भैहाले कसरी उद्धार गर्ने भन्ने आम नागरिक र विद्यालयका बालबालिकाहरुलाई सचेतना दिने गरि रुपन्देहीमा सडक नाटक र रयालीमार्फत अघि बढेको छ ।

यतिमात्र होईन नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले ट्राफिक चिन्हहरुको पहिचान र त्यसको प्रयोगमा ध्यान दिन आग्रह गरे । उनले मणिग्राम चोकमा रहेको जेब्रा क्रसिङमा आम नागरिकबाट गरिने गल्ती र त्यसलाई रोक्ने उपायहरु प्रत्यक्ष ट्राफिक प्रहरीबाट नै नाटकमार्फत देखाए ।
सधै सडकमा ड्युटीमा खटिने ट्राफिक प्रहरीहरुको समुह ‘रातो बत्तीमा रोकिने, हरियो बत्तीमा हिड्ने, कस्ले जानेछैन……जान्नेले नै नियम मानेछैन ।’ सचेतनामुलक गितमा आर्कषक नृत्य गर्दा उपस्थित दर्शकहरुको तालीको माया पाए । अझ ड्रिमल्याड मन्टेश्वरीका ससाना बालबालिकाहरुले सचेतनामुलक नृत्य गर्दा सबै मत्रमुग्न भए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले दुर्घटना न्यूनिकरण गर्न यस्ता सचेतनाका कार्यक्रम जरुरी रहेको बताए । नेपाल सरकार, यातायातका साधन, ब्यवसायी, पैतल यात्रुहरु सबै यसको जिम्मेवार पक्षहरु भएको उनले बताए । ‘देशमा २६४१ जना सडक दुर्घटनामा ज्यान गुमाउने संख्या छ ।’–उनले भने । यसमा पनि २६ वर्ष मुनि मृत्यु हुनेको संख्या ४० प्रतिशत रहेको उनले बताए । यो संख्या घटाउन स्थानिय सरकार निरन्तर लागेको भएपनि यो पहल पर्याप्त नहुने उनले बताए । ‘संघिय सरकार यो विषयमा संवेदनशिल हुनुपर्छ ।’– उनले भने । बाटो बनाउने कुरा, बाटो मर्मत गर्ने कुरामा चासो बढाउन जरुरी भएपनि बजेटको ब्यवस्थापन गर्न नसकिरहेको उनले दाबी गरे । ‘सडक भनेको सवारी साधन, पैदल यात्रु, साईकल चालक सबैको भएको बाटो हो भन्ने हेक्का राख्न जरुरी छ ।’–उनले भने ।

कार्यक्रममा सुरक्षित यात्रा नेपालका दिपक ढकालले सडक दुर्घटना न्यूनिकरण गर्न सरोकारवाला निकायहरुलाई एकतावद्ध गरि अभियानका रुपमा काम गर्दै आएको बताए । यसअघि नेपालगंज गरिएको कार्यक्रम निक्कै प्रभावकारी देखिएको हुदा पनि यसलाई निरन्तरता दिने अघि रुपन्देहीमा पनि गरिएको बताए ।
कार्यक्रममा नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र भट्टले वार्षिक रुपमा ठुलो धनजनको क्षति हुने गरेको बताए । नेपालमा वार्षिक २३–२५ सय जना मृत्यु र २७ सय घाईते हुने गरेको उनले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्याप्रसाद भण्डारीले ज्ञानको संप्रेषण जरुरी रहेको बताए । ट्राफिक नियम पालनालाई मनोरन्जनात्मक रुपमा प्रस्तुत गरेर महत्वपुर्ण रुपमा प्रदर्शन भएको उनले बताए ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले दुर्घटना न्यूनिकरणको क्षेत्रमा संस्थाबाट वर्षभरि नै धेरै कार्यक्रमहरु चलाउदै आएको बताए । सुरक्षित यात्राको प्रत्याभुति यात्रुलाई दिन नसक्दासम्म कुनै पनि हालमा ब्यवसायीहरु र सरकार सफल नहुने तर्क दिदै उनले ससाना कुराहरुलाई ध्यान दिन सके ठुलो क्षति हुनबाट रोकिने बताए । दुर्घटना कहाली लाग्दो हुने कुरा सडक नाटकबाट देखिएको भन्दै उनले विद्यालयका बालबालिका लक्षित गरि गरिएको कार्यक्रम निक्कै प्रभावकारी हुनेमा आशावादी रहेको बताए । यस क्षेत्रका विद्यालयमा चलाउने सवारीहरु बढि चाप र तिब्र गति हुने गरेको गुनासो रहेको भन्दै यस विषयमा सरोकारवालाहरु समयमा नै सचेत हुन आग्रह गरे ।

कार्यक्रममा रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरक्षक रन्जु केसीले सवारी दुर्घटना र यसका कानुनी उपचारका बारेमा जानकारी दिदै कानुनको अज्ञानता क्षम्य नहुने बताईन । कुन अवस्थामा कस्तो कानुन अघि बढ्छ भन्ने विषयमा प्राविधिक ज्ञानबारे उनले जानकारी दिईन ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले सुरक्षित, सरल र मर्यादित यात्राको लागि अभियान चलाउदै आएको बताए । दुर्घटना हुन नदिने र भैहाले पनि त्यसबारे प्रहरी र एम्बुलेन्समा खबर गर्ने, उद्धार कार्य छिटोभन्दा छिटो गरि मानविय क्षतिलाई न्यूनिकरण गर्ने विषयलाई प्राथमिकतामा राखेर गोष्ठी, नाटक, अन्तरक्रिया लगायतका कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?