ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

घरेलु श्रमिकको व्यवस्थापनमा चुनौति

१ जेष्ठ २०८२, बिहीबार
१ जेष्ठ २०८२, बिहीबार

बुटवलका घर घरमा अहिले घरेलु श्रमिक देखिन थालेका छन् । स्याहार केन्द्रहरूमा श्रमिक बढिरहेका छन् । पूर्णकालीन भन्दा आंशिक रूपमा घरभित्र सफा गर्ने, भाँडा माझ्ने, बालबालिका वा वृद्धवृद्धा हेर्न मान्छे राख्ने प्रचलन बढेको छ । पूजापाठ, बिहे, व्रतबन्ध, जन्मोत्सव लगायतका काममा पनि छोटो अवधिका श्रमिक राख्ने चलन बढेको छ । घरेलु श्रमिक र हेरचाहजन्य काम गर्ने श्रमिकहरूको संख्या बढेको बढैछ तर व्यवस्थापनमा चुनौति छ । घरभित्र गरिने काम घरेलु श्रम हो भने घरभित्र वा बाहिर व्यक्तिको हेरचाहजन्य काम स्याहार हो । खाना पकाउने, खुवाउने, घर सरसफाइ गर्ने, लुगा धुने, बालबालिकाको हेरचाह गर्ने, ज्येष्ठ नागरिक वा अशक्त व्यक्तिको सेवा गर्ने, विरामीको स्याहार, अपांग व्यक्तिको सुसार गर्ने लगायतका काम स्याहारका काम हुन् । दुवै हेरचाहजन्य काम हुन् । सामान्य अर्थमा अरूको आवश्यक हेरचाह, सेवा वा सहयोगको काम गर्नु हेरचाहजन्य काम हो । यस्ता काम पहिले पारिवारिक दायित्व र सामाजिक भावले गरिन्थ्यो । धेरैजसो पुरुष कमाउन घरबाहिरको काममा जान्थे । महिला घरमा बसेर काम गर्थे ।

अहिले रकम लिएर पेशाका रूपमा गरिन्छ । यससँगै स्याहारका कामबाट रकम आर्जन गर्न थालिएको छ । घरभित्र, अस्पताल, बालबालिका स्याहारकेन्द्र, वृद्धाश्रम, अपांगता पुर्नस्थापना केन्द्र, विद्यालय, मन्दिर लगायतका ठाउँमा श्रम र हेरचाहजन्य गरिन्छ । पछिल्लोसमय स्वदेश तथा विदेशमा घरेलु श्रम र स्याहारजन्य काममा सहभागी हुने व्यक्तिहरूको संख्या बढेको छ । घरेलु श्रमिकका रूपमा र हेरचाहजन्य कामका रूपमा रकम लिएर काम गर्ने र गराउने व्यक्ति पनि दिनानुदिन बढेका छन् । तर, सरकारले व्यवस्थित गर्न नसक्दा श्रमिकहरूले सम्मानित र सुरक्षित महसुुस गर्न सकेका छैनन् । नेपालको सन्दर्भमा, वैदेशिक रोजगारीमा घरेलु श्रम वा हेरचाहजन्य काममा जानेहरू श्रम स्वीकृति लिएर पनि सहजरूपमा घरेलु श्रममा विदेश जान पाएका छैनन् । स्वदेशमै हेरचाहजन्य काम गर्न चाहानेकालागि पनि कुनै पहिचान र सुरक्षा व्यवस्था छैन । शारीरिक र मानसिक आवश्यकता पूरा गर्न गरिने कामकै पहिचान नहुँदा श्रममा संलग्नले सुरक्षित महसुस गर्न सकेका छैनन् ।

विश्वमा करिब ८ अर्ब जनसंख्या छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांक अनुसार विश्वमा ६ करोड ७० लाख घरेलु श्रमिक छन् । घरेलु श्रमिकमध्ये ८० प्रतिशत महिला छन् । संख्यामा हेर्दा विश्वमा घरेलु श्रमिक महिला ५ करोड ४० लाख छन् । विश्वमा २ अर्ब १० करोड स्याहारको काम गर्ने सहयोगी अर्थात् श्रमिक आवश्यक छ । यो तथ्यांकमा विश्वका १सय ५५ मुलकको तथ्यांक मात्र समेटिएको छ । प्रत्यक्ष र अप्रत्यक्ष, ज्याला पाउने र नपाउने, आवासिय र गैर आवासिय स्वदेश र विदेशमा गरिने स्याहार गरी स्याहारको कामको वर्गीकरण गरिएको छ । समय बित्दै जाँदा स्याहारको काम फेरिदै गएको छ । घरेलु श्रमिकका रूपमा र हेरचाहजन्य काममा विदेश जान चाहाने र जाने नेपाली महिला धेरै छन् । तर, सहजरूपमा जान र सहज रूपमा कमाउन सक्ने वातावरण अझै छैन । स्वदेशमा हेरचाहको काममा आवश्य रकम नपाइने तथा विदेश पनि सहजरूपमा जान नपाइदा समस्या भएको सरोकारवालाहरू बताउँछन् । घरेलु श्रमिक र स्याहरजन्य कामको अवस्था बुझ्न बुटवलमा लुम्बिनी प्रदेश स्तरीय घरेलु श्रम तथा हेरचाह एवं स्याहार काम विषयक प्रदेशस्तरीय बहुसरोकारवाला परामर्श संवाद कार्यक्रम आयोजना भएको थियो । पौरखी नेपालले आयोजना गरेको परामर्श कार्यक्रममा बोल्दै सरोकारवालाहरूले घरेलु श्रम र हेरचाहजन्य कामलाई बेवास्था नगर्न माग गरे ।

नेपालमा पनि घरेलु श्रमिक अर्थात् स्याहारजन्य कामका लागि थुप्रै आवश्यकता र सम्भावना बढेको छ । नेपालमा पछिल्लो समयमा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, हिंसा प्रभावित र सडक मानवहरूलाई स्याहार सुसार र हेरचाह गर्न केन्द्रहरू खुलीरहेका छन् । साना बालबालिका, ज्येष्ठ नागरिक, अशक्तलाई घरमा गर्ने हेरचाह, बगैचामा गर्ने मालीको काम एवं घरबाहिर ज्येष्ठ नागरिक केन्द्र र शिशु स्याहार केन्द्रमा रकम दिएर श्रमिक राख्न थालिएको छ । शारीरिक, मानसिक र संवेगात्मक रूपमा आवश्यक परेका व्यक्तिका आवश्यकता पूरा गर्न पेशागतरूपमा श्रमिक खोज्न थालिएको छ । यससँगै हेरचाहमा काम गर्ने व्यक्तिको संख्या पनि बढ्दै गएको छ । पहिले आफ्नो जिम्मेवारीका रूपमा गरिने घरेलु काम र हेरचाहको कामलाई पछिल्लो समय पेशागत रूपमा लिन थालिएको छ । यससँगै स्याहारका कामबाट रकम आर्जन गर्न थालिएको छ ।

नेपालमा श्रम सम्बन्धी विषय हेर्न श्रम कार्यालय तथा मन्त्रालय छन् । तर, घरेलु र हेरचाहजन्य काम र त्यसमा संलग्न श्रमिकको अवस्था यस कार्यालयलाई थाहा छैन । श्रमबारे उजुरी नै नआउदा त्यस्ता कार्यालय र जिम्मेवार व्यक्तिले कामै गरेको पाइदैन । समय बित्दै जाँदा स्याहारको काम फेरिदै गएको छ । परिवारको आकार घट्दै छ । व्यक्तिहरू एकल परिवारमा बस्दैछन् । महिलाहरू पेशागत काममा संलग्न हुदैछन् । स्याहारको धेरै काममा महिला सहभागी छन् । परिवारका महिलाहरू अन्य काममा लाग्दा घरमा अर्को श्रमिक राख्नुपर्ने अवस्था छ । यस्तोमा श्रम कार्यालयले खोजेर भएपनि घरेलु श्रमिक र हेरचाहजन्य काम गर्ने श्रमिकको अवस्था पत्ता लगाउनुपर्छ । उनीहरूलाई व्यवस्थापन गर्नुपर्छ । जनगणना २०७८ अनुसार नेपालमा ५ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बढेको छ ।

शहरमा जनसंख्या बढ्नु भनेको घरेलु श्रमिकको माग बढ्नु हो । नेपालको १२ शहरमा धेरै घरेलु श्रमिकको आवश्यकता थपिदै छ । काठमाडौं, पोखरा, बुटवल धेरै श्रमिक आवश्यक पर्ने बजार हो । बुटवलका घरघरमा अहिले घरेलु श्रमिक देखिन थालेका छन् । स्याहार केन्द्रहरूमा श्रमिक बढीरहेका छन् । पूर्णकालीन भन्दा आंशिक रूपमा घरभित्र सफा गर्ने, भाडा माझ्ने, बालबालिका वा वृद्धवृद्धा हेर्न मान्छे राख्ने प्रचलन बढेको छ । पूजापाठ, बिहे, व्रतबन्ध, जन्मोत्सव लगायतका काममा पनि छोटो अवधिका श्रमिक राख्ने चलन बढेको छ । घरेलुश्रमिक र हेरचाहजन्य काम गर्ने श्रमिकहरूको संख्या बढेको बढै छ । तर, व्यवस्थापनमा चुनौति छ । यस्तोमा घरेलु श्रमिक र हेरचाहको काममा संलग्न श्रमिकको व्यवस्थापनमा यहाँका स्थानीय तहले थप काम गर्नुपर्छ । घरेलु श्रमिक कति छन् ? व्यवसायिक रूपमा हेरचाहजन्य काममा संलग्न श्रमिक कति छन् ? तथ्यांक निकाल्नुपर्छ । उनीहरूले कस्तो पारिश्रमिक पाएका छन् ? सुरक्षा व्यवस्था कस्तो छ ? हेर्नुपर्छ । घरेलु श्रम र हेरचाहजन्य कामले परिवार चलाउने काम गर्छ । समाज चलाउने आधार तयार गर्छ । यसर्थ स्थानीय तहले घरेलु श्रमिक र हेरचाहजन्य कामको सेवामा पहुँच बढाउने, सामाजिक सुरक्षा र तलबसहितको व्यवस्था गर्ने काममा ध्यान दिन जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?