© २०२३
पाल्पा ।
रुपन्देहीकी ४० बर्षिया कल्पना सोमै बाध्यतासंगै दैनिकगुजारा चलाउनको लागि नै अन्जानै अन्जानमा यौनकर्मी बनिन् । यौन व्यवसायबाटै सुन्दर भविष्यको कल्पनासंगै आजभोली सुरक्षित यौन सम्पर्कसंगै यौन्जन्यरोगबाट कसरी मुक्तहुने भन्ने अभियानमा जुटेकी छन् । रहरले भन्दा बाध्यताले यौन क्रियाकलापमा लागेकी सोमै आफु जस्ता यौनकर्मीहरुको पहिचान गरी “ रोग लागेपछि औषधी गर्नु भन्दा रोग लाग्न नदिने ” भन्ने अभियानलाई एकैसाथ अगाडि बढाएको उनी बताउँछिन । यौनकर्मी बनियो, सुरक्षित यौन सम्पर्क गर्दा समेत यौन रोग तथाएचआइभी सक्रमणबाट हुन सक्ने भएकोले, सक्रमण नहोस भन्ने उद्देश्यले प्रेप औषधी सेवन गर्नुपर्ने भन्ने अभियानमा आफुले अभिमुखीकरणगर्दै आएको उनी बताउँछिन ।
नवलपरासीकी अम्बिका मरासिनी पनि बाध्यतात्मक परिस्थितिका कारण यौन क्रियाकलापमा लागेकी हुन । यौन पेसाबाट आर्जित रकमले परिवार चलेको उनी बताउँछिन । यौन व्यबसायमा होमिनु पूर्व आफुसंग अन्य विकल्प नै थिएन । गरिबी र विपन्नताले च्यापेपछि सजिलो पेसाका रुपमा आफुले यो कर्मलाई जिविकोपार्जनको मुख्य माध्यम बनाएको बताउने मरासिनी भनछिन , यौन व्यवसायसंगै, यौनकर्मका सवालमा अविमुखीकरण गर्न पाउँदा आफुलाई भाग्मानी ठान्ने गरेको उनी बताउँछिन । यौन व्यवसायलाई निरन्तरता दिदै कसरी यौनजन्य रोगसंगै एचआइभी जस्तो भयावह रोगबाट आफु कसरी सुरक्षितहुने भन्ने विषयमा आफु जस्तै पेशाकर्मीहरुलाई पनि सचेत सचेतना जगाउँदै आएको उनी बताउँछिन ।
सोमै र मरासिनी जस्ता अधिकाशं पेशाकर्मीहरुलाई पछिल्लो समयमा एचआइभी प्रति सचेत र सजगता संगसंगै रोग लाग्नै नदिने अभियानमा जुटेका छन गुल्मीको सदरमुकाममा फुर्सदको क्षणलाई उपयोग गर्दै २, ४ सय रुपैयाँको लागि यौन व्यवसाय अंगालेकी खुमा पुन मगर भनछिन , अभिमुखीकरण तथा सचेतनाले आफ्नो यौन जीवनमा सार्थक परिवर्तन आएको छ । पहिले र अहिलेमा आफुमा पनि परिवर्तन आएको र आफु जस्तै पेशाकर्मीहरुको जीवनमा पनि परिवर्तन ल्याएको उनी बताउँछिन । सोमै , मरासिनी पुन जस्ता पेशाकर्मीहरुलाई परिवार नियोजन संघ पाल्पाले जोडेको हो । संघको सम्पर्कमा आएका महिलाहरुले यौन पेशालाई सुरक्षित बनाउँदै एचआइभी जस्तो भयावह रोगबाट जोगिन नियमित रुपमा औषधी सेवन अपरिहार्य रहेको भन्ने अभियानमा उनीहरु लागेका हुन् ।
परिवार नियोजन संघले यौन पेशा तथा व्यवसायमा लागेका महिला पुरुषको पहिचान गरेर उनीहरुको सुरक्षित भविष्यका लागि औषधीको माध्यमबाट एचआइभी रोग लाग्न नदिने अभियानको रुपमा यौन व्यवसायमा लागेका महिला लैगिक अल्पसंख्यकलाई परिचालन गरेको छ । एचआइभी सक्रमितहरुका लागि रामपुर अस्पताल, मिशन अस्पतालबाट एआरटी औषधी वितरण भएको छ भने नेपाल सरकारको एचआइभी एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय सहयोगी निकाय क्याप परियोजनाको सहयोगमा परिवार नियोजन संघको समन्वयमा पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी जिल्लामा यस वर्षबाट कार्यक्रम लागु भएको र अहिलेसम्म ५० जना बढी यौनकर्मीहरुले नियमित औषधी सेवन गरेको संघले जनाएको छ । परिवार नियोजन संघका शाखा प्रवन्धक शोवाकान्त न्यौपाने भनछन , एड्स नियन्त्रणका सवालमा विश्वव्यापी लक्ष हासिल गर्ने उद्देश्यले अन्तरार्टि«य दातृ निकाय क्यापले नेपाल सरकारसंगको समन्वयमा संघलाई जिम्मेवारी दिएको हो ।
एड्स रोगलाई प्रभावकारी रुपमा नियन्त्रणमा ल्याउनको लागि सुरक्षित यौन सम्पर्क मात्र नभई जोखिममा रहेका समुदायलाई रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि औषधी सेवन कार्यक्रम संचालन गरिएको हो । विश्वव्यापी मान्यता अनुरुपको लक्ष्य हासिल गर्नका लागि संक्रमित हुन सक्नेको पहिचान गरेर उनीहरुलाई सम्पर्कमा ल्याई उनीहरुको माध्यमबाट प्रेप औषधी खुवाउने कार्यक्रम लागु गरिएको छ । सम्पर्कमा आएकाहरुले नियमित रुपमा औषधी सेवन गर्ने र उनीहरुले नै समुदाय स्तरमा पुगेर अभिमुखीकरण गरी औषधी सेवनगर्ने वातावरण बनाएका छन् ।
यो कार्यक्रम प्रभावकारी भएको र हालसम्म ५० भन्दा बढी महिलाले नियमित रुपमा प्रेप औषधी सेवन गरेका छन । यसरी परिचालकका रुपमा नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी गरी ७ जना यौनकर्मी, लैगिंक अल्पसंख्यकले स्वयमसेवक भएर काम गरेका छन् । समाजमा अझै पनि पहिचान भएका भन्दा नभएका यौनकर्मीहरुको संख्या बढी रहेको छ । पहिचान भएकाहरुलाई यहाँ स्वास्थ्य परिक्षण गरेर मात्र नियमित रुपमा औषधी सेवन गराउने हो । स्वास्थ्य परिक्षण निशुल्क रुपमा हुने गरेको शाखा प्रवन्धक न्यौपाने बताउँछन ।
पहिचान गरेर मात्र भएन, गोपनियता कायम गर्नु मुख्य चुनौती हो , नियमित रुपमा औषधी सेवनका लागि वातावरण बनाउन कठोर मेहनत गर्नुपर्ने हुन्छ । बढ्दो शहरीकरणले आधुनिकरण बनायो । त्यसले यौनलाई व्यवसाय नै बनायो । पहिचान हुन नै कठिन छ । गोपनियताका कारण खुल्न सक्दैनन् । त्यसैले गोपनियता कायम गरेर स्वास्थ्य परिक्षण गरी नियमित औषधी सेवनको वातावरण बनाएको उनी बताउँछन ।